चीनको अर्थतन्त्र संकटमा « Khabarhub

चीनको अर्थतन्त्र संकटमा


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धेरै दशकदेखि विश्व अर्थतन्त्रको इन्जिन रहेको चीनको अर्थतन्त्र संकटमा पर्न थालेको छ । चीनको अर्थतन्त्र धेरै मोर्चामा संघर्ष गरिरहेको छ । अहिले फिचले पनि चीनको क्रेडिट रेटिङ घटाएको छ ।

चीनले धेरै आर्थिक चुनौतीको सामना गरिरहेको र आर्थिक अवस्थासम्बन्धी जोखिम निरन्तर बढिरहेको फिचको भनाइ छ । फिचले चीनको दृष्टिकोणलाई स्थिरबाट नकारात्मकमा परिवर्तन गरेको छ। जसका कारण चीनको कर्जा योग्यता घट्ने सम्भावना पनि बढेको छ। यद्यपि, फिचले अझै पनि ‘ए प्लस’मा चीनको सार्वभौम बन्डको रेटिङ कायम राखेको छ।

चीन लामो समयदेखि रियल इस्टेट संकटसँग लडिरहेको छ । जसले सम्पूर्ण अर्थतन्त्र ध्वस्त हुने खतरा उत्पन्न गरिरहेको छ ।

फिचले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘क्रेडिट रेटिङमा परिवर्तनले चीनको पब्लिक फाइनान्स आउटलुकमा जोखिम बढ्दै गएको झल्काउँछ । चीन प्रपर्टीमा निर्भर वृद्धिबाट दिगो विकासको मोडलतर्फ उन्मुख भइरहँदा अर्थतन्त्रको भविष्यबारे अनिश्चितता छ।’

चीन सरकारले घर–जग्गामाथिको निर्भरता घटाउन अन्य क्षेत्रहरुमा ध्यान केन्द्रित गरिरहेको छ। चीनको कुल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत अचल सम्पत्तिले ओगटेको छ । तर, पछिल्ला केही वर्षदेखि यो गहिरो संकटमा छ र यसले देशको समग्र अर्थतन्त्र नै धरासायी हुने सम्भावना छ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : ५४ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित