‘स्थानीय र प्रदेश सरकारलाई सबल र सुदृढ बनाउन आवश्यक’ « Khabarhub

‘स्थानीय र प्रदेश सरकारलाई सबल र सुदृढ बनाउन आवश्यक’


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दमौली– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय र प्रदेश सरकारलाई सबल र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा स्थानीय तहलाई बलियो बनाउने कुरामा आफू सधैँ दृढ रहेको बताए। 

मुख्यमन्त्री अधिकारीले भने, ‘स्थानीय तहलाई सबल र सुदृढ बनाउँदै प्रदेशलाई नजिकको सरकार बनाउने र सङ्घ सरकार मूल आयोजनामा केन्द्रित हुने अठोट र संकल्प विस्तारै कार्यान्वयन हुँदै गएको छ ।’

मुख्यमन्त्री अधिकारीले भाषणमा भन्दा काममा विश्वास गर्ने भएकाले गर्न सकिने कुरामात्रै बोल्ने बताए। उनले भने, ‘जति सकिन्छ त्यति गर्ने हो । मुखले बोलेर मात्र हुँदैन । जति काम गर्न सक्छौँ, इमानदारीपूर्वक गर्छौँ ।’

पूर्वमन्त्री एवं तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले म्याग्देको विकासका लागि धेरै काम भएको बताउँदै यस क्षेत्रको थप विकासका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउने बताए। म्याग्देमा चक्रपथ निर्माण गर्ने योजना परोस् भन्ने सुझाव प्राप्त भएकाले सङ्घ सरकारबाट पहल गरिने भण्डारीले प्रतिबद्धता जनाए । 

जनताको आवश्यकता र मागलाई हेरेर स्थानीय र प्रदेश सरकारले बजेट बनाउनुपर्नेमा उनको जोड थियो । भण्डारीले निर्माणाधीन पृथ्वीराजमार्गको ढिलाइले जनताले सास्ती भोग्नुपरेको बताउँदै राजमार्ग छिटो सम्पन्न गराउन सम्बन्धित निकायमा ध्यानाकर्षण गराइरहेको भण्डारीले बताए । 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ३ : ३९ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र