नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह « Khabarhub

नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले राष्ट्रियता फरक भए पनि मातृ तथा पितृभूमि एउटै भएका कारण नेपालीमूलका सबै नागरिकलाई नेपाली भाषा र संस्कृतिका माध्यमबाट जोड्नुपर्ने बताएका छन् । 

एशोसिएसन अफ नेपाली ओरिजिन (एनओ) को प्रतिनिधिमण्डलसँग आज सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट गर्दै सभामुख घिमिरेले नेपालीमूलका नागरिकहरू कैयौँ पुस्तादेखि नै संसारमा छरिएका रहेकाले उनीहरूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। 

उनले विदेशमा रहेका नेपाली तथा नेपालीमूलका नागरिकहरू अवैतनिक राजदूत भएको उल्लेख गर्दै नेपालका बारेमा सकारात्मक सन्देश प्रवाह गर्न पनि आग्रह गर्नुभएको एएनओका महासचिव चुडामणि भट्टराईले जानकारी दिए । 

एएनओले भाषा तथा संस्कृतिका माध्यमबाट विश्वभर रहेका नेपालीमूलका नागरिकलाई जोड्न गरेको पहल कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले विश्वभर रहेका नेपालीमूलका नागरिकहरूको तथ्यांक संकलन गरी उनीहरु कहाँ र कसरी रहेका छन् भन्ने बारेमा पनि खोजी गर्न एएनओलाई आग्रह गरे । 

विश्वका २७ देशमा बसोबास गरिरहेका नेपाली भाषीहरुको थाइल्याण्डको बैङ्ककमा गत चैत ६ मा सम्पन्न भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको थियो । 

त्यस भेटका अवसरमा एएनओका अध्यक्ष डिल्लीराम अधिकारीले यस अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको दूतका रुपमा संसारभर पुर्‍याउने र यसमार्फत भावी पुस्तालाई नेपालसँग जोड्दै नेपालीपनको जगेर्ना र प्रचारप्रसार गर्ने जानकारी दिए। 

यसका साथै प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्तालाई नेपालमै आई लगानी गर्न र आफ्ना पुर्खाको पहिचान जोडिएको देशको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगाउन पनि प्रेरित जानकारी दिए। 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ५ : ५१ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित