लुम्बिनीका सात विषयगत समितिका सभापति चुनिँदै « Khabarhub

लुम्बिनीका सात विषयगत समितिका सभापति चुनिँदै


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रदेशका सातवटा विषयगत समितिको सभापति चयनका लागि ५ गते निर्वाचन हुने भएको छ । प्रदेश सभा सचिवालयले सोमबार सूचना जारी गरी वैशाख ५ गते निर्वाचनको मिति तय गरिएको जानकारी दिएको छ ।

प्रदेश सभाका प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ, उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समिति र विशेष अधिकार समितिको सभापति चयनका लागि मंगलबार ४ उम्मेदवारी दर्ता हुनेछ ।

प्रकाशित सूचना अनुसार मंगलबार ४ गते विषयगत समितिको नेतृत्वका लागि मनोनयन दर्ता गर्ने र ५ गते नेतृत्व चयन हुने जनाइएको छ । समितिका सभापतिको चयन सहमतिमै गर्ने तयारीमा दलहरू रहेको बताइएको छ ।  

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ७ : ३० बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको