डाँगीलाई शहिद घोषणा गर्नुपर्ने राप्रपाको माग « Khabarhub

डाँगीलाई शहिद घोषणा गर्नुपर्ने राप्रपाको माग


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं केन्द्रित प्रदर्शनका क्रममा घाइते भएर निधन भएका ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ ।

राप्रपाले चैत २७ गतेको काठमाडौं केन्द्रित प्रदर्शनका क्रममा प्रहरीको दमनबाट घाइते भइ छाउनी अस्पतालमा उपचाररत डाँगीको दुस्खद निधनले स्तब्ध भएका उल्लेख गर्दै उनको निधनले पार्टीलाई ठुलो क्षति भएको बताएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुमाथि भएको प्रशासनिक दमन निन्दनीय रहेको र नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन् । डाँगी राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका संस्थापक अध्यक्ष थिए ।

प्रवक्ता श्रेष्ठले भनेका छन् ‘प्रदर्शनमा प्रहरीको अन्धाधुन्ध लाठीचार्ज, पानीको फोहरा र अश्रुग्यास प्रहारबाट चार दर्जन बढी घाइते भएका, ति मध्ये कैयौं घाइते उपचारपछि घर फर्किसकेको र जटिल शल्यक्रिया गर्नुपर्ने छ जना अझै उपचारको क्रममा विभिन्न अस्पतालमा रहेका छन् ।प्रहरीको दमन र अश्रुग्यास प्रहारबाट घाइते भएका डॅागीको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो । डाँगीको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको छ ।’

डाँगीको निधनमा शोक प्रकट गर्न राप्रपाले ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३ औं दिनको पुण्यतिथिमा केन्द्रमा र सम्पूर्ण जिल्लामा शोकसभा गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ९ : ४२ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार