शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम शुभारम्भ « Khabarhub

शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम शुभारम्भ


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा ३१औँ समूहको कमान्ड तथा स्टाफ तालिम सुरु भएको छ ।

तालिम उद्घाटन गर्दै सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले प्रविधिको विकाससँगै विविध क्षेत्रमा भइरहेको तीव्र एवं व्यापक परिवर्तनले सुरक्षा चुनौती भएकाले त्यसको सामना गर्न तयार रहनुपर्ने बताए ।

उनले भविष्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौती सामना गर्न सक्ने ढङ्गले आफूलाई तयार पार्ने गरी तालिमलाई सदुपयोग गर्न प्रशिक्षार्थीलाई सुझाव दिए ।

शिक्षाधिकृत उपरथी बाबुराम श्रेष्ठले सेनाले निर्वाह गर्नुपर्ने बहुआयामिक जिम्मेवारीका लागि योजना तथा कार्यान्वयन गर्न सक्षम स्टाफ अधिकृत तयार गर्ने तालिमको मुख्य उद्देश्य रहेको बताए ।

मध्यम तहका अधिकृतको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण उक्त तालिममा नेपाली सेनाका महिला दुईजनासहित ५४ अधिकृत सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक÷एक अधिकृत तथा बङ्गलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, म्यान्मा, नाइजेरिया, पाकिस्तान, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका एक÷एकजना सैनिक तालिममा सहभागी छन् ।

विसं २०४९ पुस १४ गते स्थापना भएको कलेजले विसं २०५० भदौ २० गते १२ जना शिक्षार्थी अधिकृत समावेश गरी पहिलोपटक कमान्ड तथा स्टाफ तालिम थालनी भएको थियो ।

सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागिता सुरु भएको तालिममा नेपाली सेनाका एक हजार सय ७३, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरी बल र नेपालका २७ जना सहभागी भइसकेका छन् ।

राष्ट्रिय अनुसन्धान विभागका १८, रक्षा मन्त्रालयका एक र विभिन्न राष्ट्रका एक सय १४ गरी जम्मा एक हजार तीन सय ४८ जना शिक्षार्थी प्रशिक्षित भइसकेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १० : ४४ बजे

रुपन्देही–२ मा राप्रपाकी कर्भिकाले लिइन् उम्मेदवारी फिर्ता

लुम्बिनी– फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं

मनाङमा एमाले र राप्रपाले फिर्ता लिए उम्मेदवारी, कांग्रेसलाई समर्थन

मनाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला

डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट गोरखा २ मा मनोनयन दर्ता

शान्ति बोर्डको प्रस्तावले ईयू–अमेरिका सम्बन्धमा तनाव

ब्रसेल्स- युरोपेली सङ्घ (ईयू) ले अमेरिकाले प्रस्ताव गरेको ‘बोर्ड अफ

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष