शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम शुभारम्भ « Khabarhub

शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम शुभारम्भ


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा ३१औँ समूहको कमान्ड तथा स्टाफ तालिम सुरु भएको छ ।

तालिम उद्घाटन गर्दै सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले प्रविधिको विकाससँगै विविध क्षेत्रमा भइरहेको तीव्र एवं व्यापक परिवर्तनले सुरक्षा चुनौती भएकाले त्यसको सामना गर्न तयार रहनुपर्ने बताए ।

उनले भविष्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौती सामना गर्न सक्ने ढङ्गले आफूलाई तयार पार्ने गरी तालिमलाई सदुपयोग गर्न प्रशिक्षार्थीलाई सुझाव दिए ।

शिक्षाधिकृत उपरथी बाबुराम श्रेष्ठले सेनाले निर्वाह गर्नुपर्ने बहुआयामिक जिम्मेवारीका लागि योजना तथा कार्यान्वयन गर्न सक्षम स्टाफ अधिकृत तयार गर्ने तालिमको मुख्य उद्देश्य रहेको बताए ।

मध्यम तहका अधिकृतको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण उक्त तालिममा नेपाली सेनाका महिला दुईजनासहित ५४ अधिकृत सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक÷एक अधिकृत तथा बङ्गलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, म्यान्मा, नाइजेरिया, पाकिस्तान, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका एक÷एकजना सैनिक तालिममा सहभागी छन् ।

विसं २०४९ पुस १४ गते स्थापना भएको कलेजले विसं २०५० भदौ २० गते १२ जना शिक्षार्थी अधिकृत समावेश गरी पहिलोपटक कमान्ड तथा स्टाफ तालिम थालनी भएको थियो ।

सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागिता सुरु भएको तालिममा नेपाली सेनाका एक हजार सय ७३, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरी बल र नेपालका २७ जना सहभागी भइसकेका छन् ।

राष्ट्रिय अनुसन्धान विभागका १८, रक्षा मन्त्रालयका एक र विभिन्न राष्ट्रका एक सय १४ गरी जम्मा एक हजार तीन सय ४८ जना शिक्षार्थी प्रशिक्षित भइसकेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १० : ४४ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला