प्रधानमन्त्री छोरी आत्मनिर्भर : एमालेको कार्यक्रम, प्रचण्डलाई व्यंग्य ! « Khabarhub

प्रधानमन्त्री छोरी आत्मनिर्भर : एमालेको कार्यक्रम, प्रचण्डलाई व्यंग्य !

एक व्यक्तिले तीन वर्षसम्म प्याकेज सुविधा लिन सक्ने


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा दफा १३५ मा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरे ।

गणतन्त्र आएपछि पनि राजाका पालामा जस्तै नेताका नाममा कार्यक्रम घोषणा गर्ने चलन यथावत छ, जस्तै- राष्ट्रपति चुरे संरक्षण, राष्ट्रपति महिला सशक्तीकरण, प्रधानमन्त्री रोजगार कार्यक्रम इत्यादि ।

यसरी व्यक्तिका नाममा कार्यक्रम घोषणा गर्नु कति जायज होला ? यो आफैंमा बहसको विषय छँदैछ, तर मंगलबार सरकारले घोषणा गरेको ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ ले भने सामाजिक सञ्जालमा अर्को विषयलाई ट्रोल बनाइने संकेत देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालमाथि आफ्नी छोरीलाई संरक्षण गरेको आरोप लाग्दै आएका बेला ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा हुँदा सामाजिक सञ्जालमा यो कार्यक्रमको नाममाथि नै व्यंग्य सुरु भएको छ । तथापि महिला सशक्तीकरणका लागि यो कार्यक्रम उपयोगी हुन सक्ने देखिन्छ ।

‘प्रधानमन्त्री’ र ‘छोरी’ एकापसमा जोडिनुको साटो ‘छोरी आत्मनिर्भर कार्यक्रम’ मात्रै भनेको भए शायद यसमाथि प्रश्न उठ्ने थिएन कि ?

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ नामकरण कसले ग¥यो होला ? कतै प्रधानमन्त्री दाहाललाई व्यंग्य गर्नका लागि यस्तो कार्यक्रम त ल्याइएको होइन ? यसबारे चासो राख्दा यो कार्यक्रम महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ल्याएको पाइएको छ । यो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको भन्दा पनि एमाले नेताहरुको भूमिका बढ्ता देखिएको छ।

नामकै कारण यो कार्यक्रम सुरुमै विवादमा पर्न सक्ने देखिएको छ । ‘प्रधानमन्त्री’ र ‘छोरी’ एकापसमा जोडिनुको साटो ‘छोरी आत्मनिर्भर कार्यक्रम’ मात्रै भनेको भए शायद यसमाथि प्रश्न उठ्ने थिएन कि ?

खास के हो  ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ ?

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले यो कार्यक्रममार्फत महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताएकी छन् ।

खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘महिलाको लागि कानून तथा नीति र नियम बनेर मात्रै हुँदैन, जीविकोपार्जन गर्न सक्ने काम दिनुपर्छ भनी यो कार्यक्रम ल्याइएको हो ।’

हरेक उमेर समूहका सीमान्तकृत, पछाडि पारिएका र सुकुम्बासी गरिबीको रेखामुनि रहेका महिलालाई पहिलो प्राथमिकता दिइने उनले बताइन् ।

मन्त्री चौधरीका अनुसार  यो कार्यक्रमले प्रत्येक वडामा १० देखि २० जना छोरी तथा दिदीबहिनीहरूलाई आत्मनिर्भर तालिम दिनेछ । उनीहरूको क्षमता विकास गरी आर्थिक आयआर्जनको पेशामा जोडिन सहयोग पुग्ने मन्त्री चौधरी बताउँछिन् । उनका अनुसार व्यवसायको सम्पूर्ण प्याकेज यस कार्यक्रमले उपलब्ध गराउनेछ ।

यो कार्यक्रम अन्तर्गत एक व्यक्ति वा महिलाले तीन वर्षसम्म प्याकेज सुविधा लिन सक्ने मन्त्री चौधरी बताउँछिन् । व्यवसाय नाफामा गएपछि भने त्यो सुविधा वडालाई स्थानान्तरण गर्नुपर्ने र वडाले फेरि अर्कोलाई दिने उनले बताइन् ।

यस कार्यक्रमका लागि ५० प्रतिशत लागत केन्द्रीय सरकार, ३६ प्रतिशत स्थानीय र १४ प्रतिशत प्रदेश सरकारबाट ब्यहोरिने मन्त्री चौधरीले बताइन् ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  १२ : ०६ बजे

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको आन्तारिक