तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश « Khabarhub

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश


२ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना हुने भएको छ । दुई वर्षअघि २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पराजित स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले उच्च अदालत पोखरामा दिएको रिटको पक्षमा फैसला आएपछि पुनः मतगणना हुने भएको हो ।

अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।

पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकले २०७९ जेठ १२ गते उच्च अदालत पोखरामा रिट दिएका थिए ।

जोशी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २५२ मत अन्तरले पराजित भएका थिए । कांग्रेसका न्यौपानेले १२ हजार ७८ मत प्राप्त गर्दा जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । न्यौपाने तत्कालीन कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार थिए भने जोशीलाई एमालेले सघाएको थियो ।

जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर धाँधली गरी षड्यन्त्रपूर्वक आफूलाई हराएको दाबी गरेका थिए ।

जोशीले वडा नम्बर १ देखि ८ सम्म जितेको परिणाममा सुनाइएको र वडा नम्बर ९ देखि १४ सम्म विपक्षको योजनामा षड्यन्त्रपूर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको दाबी गरेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ८ : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको