भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन « Khabarhub

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । रक्तसञ्चार केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। 

प्रमुख दाहालले भरतपुर अस्पताल आउने बिरामीलाई अब रगत पाउन सहज हुने विश्वास व्यक्त गरिन् । आगामी दिनमा केन्द्रको स्तरोन्नति र सेवा विस्तारमा विशेष ध्यान उनले आग्रह गरिन्। यहाँका अस्पतालमा बिरामीको चाप अत्यधिक हुने भएकाले रगतको  माग पनि धेरै हुने हुँदा रक्तसञ्चार केन्द्र आवश्यक भएको प्रमुख दाहालले बताइन् । 

‘बिरामीको चाप अनुसार पूर्वाधार, कर्मचारी र उपकरणको अभाव छ’, उनले भनिन्, ‘अस्पताल विस्तार र सेवा थप गर्ने योजनामा महानगर सहकार्य गर्न तयार छ ।’

अहिले दुई सय युनिट रगत भण्डार गर्ने क्षमतासहित सञ्चालनमा आएको सो केन्द्र अस्पतालको ‘बी ब्लक’ मा रहेको छ । अस्पतालका अध्यक्ष राजु पौडेलले अस्पतालको न्यूनतम सेवा मापदण्ड भित्र ब्लड बैंक पर्ने उल्लेख गर्दै बिरामीको सहजताका लागि ब्लड बैंक सञ्चालन गरिएको बताए। 

नेपाल रेडक्रस सोसाइटी चितवनका अध्यक्ष हरि पौडेलले काठमाडौँ उपत्यकामा एक लाख युनिटभन्दा बढी र चितवनका अस्पतालहरूमा वार्षिक ६० हजार युनिट रगतको माग रहेको जानकारी दिए।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले अस्पतालमा धेरै समयको प्रयासपछि ब्लड बैंक सञ्चालनमा ल्याइएको बताए।  

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  १२ : ३१ बजे

ट्रम्पले भने- इरानमा नयाँ नेतृत्व खोज्ने समय आएको छ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली

सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई

चौतारा– प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची

निर्वाचन आयोगलाई अर्थमन्त्रीले भने- कम खर्चमा चुनाव सम्पन्न गराऔँ

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड

नेकपा केन्द्रीय सदस्य रायसहितको टोली जसपा नेपालमा प्रवेश

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व श्रममन्त्री रामेश्वर

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१