एमाले संसदीय दलको बैठकमा शंकर पोखरेल र युवराज खतिवडा पनि « Khabarhub

एमाले संसदीय दलको बैठकमा शंकर पोखरेल र युवराज खतिवडा पनि


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक अहिले संसद् भवन नयाँबानेश्वरमा बसिरहेको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‌मा उठाएको विषयमा छलफल चरिरहेको छ ।

यो बैठकमा एमालेले महासचिव शंकर पोखरेल र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई पनि सहभागी गराएको छ। उनीहरू दुवैजना संघीय सांसदको भूमिकामा छैनन् ।

एमालेले यी दुवैजनालाई आगामी बजेट निर्माण र कांग्रेसले संसद्‍मा गरिरहेको अवरोधबारे छलफलका लागि सहभागी गराएको हो । खतिवडा एमालेका अर्थविज्ञ हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १६ गते ल्याउँदैछ । त्यसअघि मंगलबार संघीय संसद्को दुवै सदनको बैठकमा नीति तथा कार्यक्रम पेश भएको छ ।

तर उक्त नीति तथा कार्यक्रम कांग्रेसको अवरोधका कारण संसद्‍मा टेबल हुन सकेको छैन ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति मागेकोबारे पनि बैठकमा कुरा हुँदैछ ।

सरकारले पेस गरेको नीति तथा कार्यक्रममा प्रभावकारी बनाउन पनि सांसदहरुले धारणा राख्दैछन् ।

 

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  १ : ५९ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष