किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा  « Khabarhub

किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा 


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा किसानलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रुपमा माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो । 

गाउँपालिकाका सातवटै वडाका किसानलाई ५४ हजार तीन सय माछाका भुरा वितरण गरेको गाउँपालिकाका पशु सेवा शाखाप्रमुख डा विनय शाहले जानकारी दिए । माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा भुरा वितरण गरेको उनको भनाइ छ । 

डा शाहले भने, ‘विगत लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध किसानसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियौँ । निवेदन प्राप्त भएका २७ जना किसानलाई भुरा वितरण गरिएको छ ।’ उनका अनुसार प्रति रोपनी छ सयका दरले माछाका भुरा वितरण गरिएको हो ।

किसानलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्प जातका भुरा वितरण गरिएको डा शाहले बताए। 

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले माछापालक किसानलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको बताए।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार सूचना मागअनुसार विवरण संकलन गरी पोखरीको क्षमता हेरेर भुरा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

म्याग्दे–४ का हिमनारायण कायस्थले गाउँपालिकाले निःशुल्क रुपमा उपलब्ध गराएको माछाका भुराले व्यवसाय सञ्चालनमा सहयोग पुगेको बताए ।

म्याग्दे–४ का भिमकुमारी रानालाई एक हजार आठ सय, कायस्थलाई पाँच हजार चार सय, टोपप्रसाद थापालाई एक हजार दुई सय, वडा नं १ का पूर्णिमा थापालाई दुई हजार चार सय, जगतबहादुर थापालाई दुई हजार चार सय, सन्तमान बोटेलाई एक हजार आठ सय, वडा नं ३ का बोलबहादुर आलेलाई तीन हजार, टुपबहादुर थापालाई तीन हजार, धनबहादुर थापालाई एक हजार दुई सय, वसुन्धरा बराई मगरलाई दुई हजार चार सय, वसन्ती सारु मगरलाई एक हजार दुई सय, भरतबहादुर उच्चै मगरलाई छ सय, नविन बराईलाई एक हजार आठ सय, बालचन्द्र शाहीलाई छ सय, वडा नं २ का लक्ष्मण थापालाई छ सय, विष्णुबहादुर नेपालीलाई एक हजार दुई सय, बेलबहादुर अधिकारीलाई एक हजार आठ सय माछाको भुरा वितरण गरिएको छ । 

वडा नं ५ का तालबहादुर आलेलाई तीन हजार छ सय, जगत थापालाई एक हजार आठ सय, मीनाकुमारी थापालाई पाँच हजार चार सय, बलिसिरा रानालाई छ सय, वडा नं ६ का श्रीबहादुर रानालाई छ हजार, शेरबहादुर गुरुङलाई तीन सय, वडा नं ७ का धु्रवराज वाग्लेलाई छ सय, ओमराज गोतामेलाई छ सय, अच्युतराज काफ्लेलाई एक हजार दुई सय, रमादेवी पौडेललाई एक हजार आठ सय भुरा वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  २ : २१ बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले