गगनबारे केपी ओली : सहकारी प्रकरण उचालेर संसद्‍मा उदण्डता देखाए, जथाभावी बोले « Khabarhub

गगनबारे केपी ओली : सहकारी प्रकरण उचालेर संसद्‍मा उदण्डता देखाए, जथाभावी बोले


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी प्रकरण उचालेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा उदण्डता प्रदर्शन गरेको बताएका छन् ।

बुधबार नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सभामुख देवराज घिमिरेले भनेको नमानी कांग्रेसले संसद्मा उदण्डता प्रदर्शन गरेको आरोप लगाए ।

‘सभामुखले फलानालाई बोल्न समय दिन्छु भन्दा बोल्न दिन नपाइने, यति अशिष्ट ढंगले तपाईंको निगाहको समय चाहिँदैन भनेर उदण्डता प्रदर्शन गर्ने ?’, उनले कांग्रेस महामन्त्री गगन थापातिर लक्षित गर्दै भने, ‘संसद्‍मा सभामुखसँग के भाषा हो त्यो नेपाली कांग्रेसको ?’

गगनको नाम नलिएका ओलीले अगाडि थपे, ‘सभामुखसँग त्यस्तो भाषा गरेर संसद् चलाउन खोजेको हो कांग्रेसले ?’

बजेट अधिवेशनको सुरु हुँदा वैशाख २८ गते सभामुख घिमिरेले कांग्रेस महामन्त्री थापालाई बोल्न ३ मिनेट दिएका थिए । उक्त समय सकिएपछि सभामुखले २ मिनेट थपे । तर गगनले, ‘तपाईंको निगाहाको समय चाहिँदेन, मेरो हकको समय मागेको हो ।’ भनेका थिए ।

संसदीय दलको बैठकमा ओलीले अबको प्रतिनिधि सभा बैठकमा रास्वपाका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने बताए ।
उनले रविले बोल्न नपाए कांग्रेसलाई रोकेर एमालेले बोल्ने बताउँदै कांग्रेसको उदण्डता हेरेर नबस्ने प्रष्ट पारे ।

‘कांग्रेसलाई अब बोल्न दिइँदैन। पहिले रवि लामिछानेले बोल्न पाउनुपर्‍यो, होइन भने हामी बोल्छौं,’ ओलीले भने, ‘कांग्रेस आरोपित गरिरहने ? बकवास बोलिरहने ? अर्काले प्रतिवाद गर्न नपाउने, यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास हुन्छ।’

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ३ : ४१ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल