सहकारी प्रकरणमा छानविन समितिको मागसहित तरुण दलको र्‍याली  « Khabarhub

सहकारी प्रकरणमा छानविन समितिको मागसहित तरुण दलको र्‍याली 


२ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुल दलले सहकारी पीडितको न्यायको लागि काठमाडौंमा वृहत र्‍याली निकालेको छ ।

साथै, सहकारीको ठगीको आरोप लागेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने माथि लागेका आरोप स्पष्ट पार्न छानविन समिति बनाउनसमेत आग्रह गरेको छ । 

बुधबार र्यालीलाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष विद्धान गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष र गृहमन्त्री एकै हुन् वा फरक हुन् रु छानविन समितिमार्फत जनतालाई बुझाउनुपर्ने बताएका छन् । 

उनी भन्छन्, ‘रवि लामिछाने, गृहमन्त्री रवि लामिछाने र जीवी राईको पार्टनर रवि लामिछाने एउटै मान्छे हो वा फरक हो ।’

बिहान बेलुका छाक टार्ने पैसा सहकारीमा जम्मा गरेको व्यक्तिहरूको विचल्ली बनाएर गृहमन्त्रीले सत्ताको आनन्दमा रमाएको अध्यक्ष गुरुङको आरोप छ ।

साथै, आजको र्याली सांकेतिक विरोध मात्रै भएको बताए । सहकारी पीडितले न्याय नपाए त्यसपछि उत्पन्न हुने परिणामको भागिदार स्वयम् नेपाल सरकार हुने चेतावनी समेत दिएका छन् ।

अध्यक्ष गुरुङले नेपाल प्रहरी भित्र भैरहेको सरुवा-बढुवा प्रति पनि असन्तुष्टि जनाए । समय नै नपुगी प्रहरी अधिकृतहरुको सरुवा बढुवाले मनोबल गिर्ने कुरा बताए ।

छिट्टै छानविन समिति नबने तरुण दल अझ सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक घोषणासमेत गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ४ : ३२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल