सहकारी प्रकरणमा छानविन समितिको मागसहित तरुण दलको र्‍याली  « Khabarhub

सहकारी प्रकरणमा छानविन समितिको मागसहित तरुण दलको र्‍याली 


२ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुल दलले सहकारी पीडितको न्यायको लागि काठमाडौंमा वृहत र्‍याली निकालेको छ ।

साथै, सहकारीको ठगीको आरोप लागेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने माथि लागेका आरोप स्पष्ट पार्न छानविन समिति बनाउनसमेत आग्रह गरेको छ । 

बुधबार र्यालीलाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष विद्धान गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष र गृहमन्त्री एकै हुन् वा फरक हुन् रु छानविन समितिमार्फत जनतालाई बुझाउनुपर्ने बताएका छन् । 

उनी भन्छन्, ‘रवि लामिछाने, गृहमन्त्री रवि लामिछाने र जीवी राईको पार्टनर रवि लामिछाने एउटै मान्छे हो वा फरक हो ।’

बिहान बेलुका छाक टार्ने पैसा सहकारीमा जम्मा गरेको व्यक्तिहरूको विचल्ली बनाएर गृहमन्त्रीले सत्ताको आनन्दमा रमाएको अध्यक्ष गुरुङको आरोप छ ।

साथै, आजको र्याली सांकेतिक विरोध मात्रै भएको बताए । सहकारी पीडितले न्याय नपाए त्यसपछि उत्पन्न हुने परिणामको भागिदार स्वयम् नेपाल सरकार हुने चेतावनी समेत दिएका छन् ।

अध्यक्ष गुरुङले नेपाल प्रहरी भित्र भैरहेको सरुवा-बढुवा प्रति पनि असन्तुष्टि जनाए । समय नै नपुगी प्रहरी अधिकृतहरुको सरुवा बढुवाले मनोबल गिर्ने कुरा बताए ।

छिट्टै छानविन समिति नबने तरुण दल अझ सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक घोषणासमेत गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ४ : ३२ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार