सन्दीपको मुद्दा प्रकरण : बहस सकिएपछि होटलको सीसीटीभी फुटेज हेर्दै न्यायाधीश « Khabarhub

सन्दीपको मुद्दा प्रकरण : बहस सकिएपछि होटलको सीसीटीभी फुटेज हेर्दै न्यायाधीश


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएपछि न्यायाधीशहरूले होटलको सीसीटीभी फुजेट हेर्न थालेका छन् ।

दुई दिनसम्म दुवै पक्षका वकिलको लामो बहस सकिएसँगै फैसालको प्रतीक्षा भइरहेका बेला अन्तिम निर्णयका लागि न्यायाधीशहरूले इजलासमै सीसीटीभी फुटेज हेरिरहेका छन् ।

उच्च अदालत पाटनमा मंगलबार र बुधबार दिनभर भएको सुनुवाइका क्रममा बहस सकिएपछि फैसला लेख्ने तयारी हुँदैछ । यस्तोमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले इजलासमा गौशाला २६ र सन्दीप बसेको भनिएको होटलको फुटेज अध्ययन गर्दैछन् ।

न्यायाधीशद्वयले सन्दीप र गौशाला २६ उक्त होटलमा पसेको र बाहिरिएकोसमेत अवस्थाको फुटेज हेरिसकेपछि फैसला दिने भएका छन् ।

इजलासमा फुटेज बजाउन समस्या भएपछि उच्च अदालत प्रशासनले बाहिरबाट प्राविधिकसमेत झिकाएको छ । प्राविधिकले फुटेज इजलासमै बज्ने व्यवस्था गरिदिएका छन् ।

यसअघि २०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीशले पनि सन्दीपलाई बलात्कार प्रकरणमा दोषी ठहर गर्नुअघि उक्त सीसीटीभी फुटेज इजलासमै हेरेका थिए।

यस प्रकरणमा मंगलबार र बुधबार पक्ष-विपक्षका वकिलहरूले बहस गरेका थिए। जवाफी बहस पनि सकिएकाले फुटेज हेरिसकेपछि आजै फैसला आउने छ ।

त्यहीअनुसार उनीहरूले दुवै पक्षका वकिलहरूलाई समय निर्धारण गरिदिएर बहसमा बोलाएका थिए । दुवै पक्षका वकिललाई न्यायाधीशहरूले डेढ-डेढ घण्टाको समय दिएका थिए ।

२०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले जबर्जस्ती करणी मुद्दामा सन्दीलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले फैसला गरेको थियो । तर  फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने पुनरावेदनका लागि उच्च पुगेका थिए ।

यो मुद्दामा यदि उच्चले सफाइ दिएमा सन्दीपका लागि अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्ने बाटो खुल्नेछ ।

यदि उच्चले पनि जिल्लाकै फैसला सदर गरिदिएमा सन्दीपका लागि अन्तिम अदालतको निर्णय कुर्ने विकल्प मात्रै रहनेछ ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ४ : ३९ बजे

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका