ओली-प्रचण्ड भेटेपछि रविले भने : कांग्रेसको आरोपको जवाफ संसद्‍बाटै दिन पाउनुपर्छ « Khabarhub

ओली-प्रचण्ड भेटेपछि रविले भने : कांग्रेसको आरोपको जवाफ संसद्‍बाटै दिन पाउनुपर्छ


२ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूलाई कांग्रेसले लगाएको सहकारी ठगी आरोपबारे संसद्‍मा बोल्न पाउनुपर्ने अडान दोहोर्‍याएका छन् ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि लामिछानले संसद्‍मा बोल्न पाउनुपर्नेबारमै छलफल भएको बताए ।

लोकतन्त्रमा बोल्न पाउने अधिकार सबैलाई हुने बताउँदै लामिछानेले आफूमाथिको आरोपको जवाफ सदनबाटै प्रष्ट पार्न पाउनुपर्ने कुरा दोहोर्‍याए ।

यदि आफूले दिएको जवाफ चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने रास्वपा सभापति लामिछानेले बताए।

सदन र सडकमा आफ्नो विषयमा आरोप र गालीगलौज आइसकेको अवस्थामा बोल्न पाउनुपर्नेबाहेक अरु कुनै माग नरहेको पनि बताए ।

कांग्रेसले बर्षे अधिवेशनमा पनि सदन अवरुद्ध गरिरहेको छ । प्रधानमन्त्रीले बुधबार पनि ओली र लामिछानेलाई सिंहदरबारमा डाकेका थिए ।

एमालेले बुधबार बसेको संसदीय दलको बैठकबाट कांग्रेसले एकतर्फी कुरा राखिरहे नस्वीकार्ने, प्रतिरोध थाल्ने जनाइसकेको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ५ : ०४ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर