अदालतबाट सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने ढोका खुल्यो « Khabarhub

अदालतबाट सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने ढोका खुल्यो


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्टइन्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा खेल्ने ढोका खुलेको छ ।

एक जना १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट सुनाइएको ८ वर्ष लामो सजायलाई उल्ट्याउँदै उच्च अदालतले लामिछानेलाई बुधबार सफाइ दिएको छ ।

बलात्कार जस्तो गम्भीर मुद्दामा सफाइ पाएसँगै सन्दीपले नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने ढोका पनि खुलेको छ । आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा टी-२० विश्वकप हुँदैछ । यो विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकपका लागि यसअघि नै नेपालले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले गत १ सम्म टोली घोषणाका लागि समय दिएको थियो। आईसीसीको निर्देशनअनुसार नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

टोली

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल  छन् । सदस्यहरूमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतीस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरीलाई समेटिएको छ ।

बलात्कार प्रकरणमा मुछिएपछि नेपालका तीव्र गतिका लेग स्पिनर सन्दीपको विश्वकप यात्रा करिब सकिएको थियो । पटक पटक पेसी सरेको अवस्थामा मंगलबार र बुधबार लगातार सुनुवाइ गर्दै उच्च अदालतले यो मुद्दा किनारा लगाइदिएसँगै सन्दीप विश्वकपमा जाने सम्भावना कायमै रहेको हो ।

पाटन उच्च अदालतमा विचाराधीन यो मुद्दाको पेसी मंगलबारका लागि तोकिँदा पहिलो नम्बरमा चढाइएको थियो।

त्यसपछि लगातार दुई दिन दर्जनौँ वकिलको बहस र जवाफी बहस तथा होटलको सीसीटीभी फुटेज पनि हेरेपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सन्दीपलाई सफाइ दिएका हुन् ।

उच्च अदालतबाट सफाइ पाएपछि सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने सम्भावना बलियो भएको छ । विश्वकपका लागि यसअघि नै  नेपालले टोली घोषणा गरे पनि मुनासिव कारण खुलाएर टोलीको सदस्य हेरफेर गर्न पाउँछ । त्यसका लागि आईसीसीले समय पनि दिएको छ ।

आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर टोलीमा हेरफेर गर्न मे २४ सम्मको समय दिएको छ । त्यसका लागि नेपालसँग ९ दिन समय छ ।

उच्चले सफाइ दिएपछि अब नेपाल क्रिकेट संघले सन्दीपको निलम्बन फुकुवा गरेर विश्वकपमा पठाउन सक्छ । क्यानमा यसबारे छलफल पनि थालिएको सचिव पारस खड्काले खबरहबलाई बताए ।

 

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ५ : ३५ बजे

त्रिचन्द्र क्याम्पसमा ‘भिक्षाम् देही’ अभियान

काठमाडौं– त्रिचन्द्र बहुमुखी क्याम्पसको पूर्वाधार विकासका लागि विद्यार्थीहरूले ‘भिक्षाम् देही’

प्रधानमन्त्रीसँगै फेरियो सिंहदरबार र बालुवाटारको दैनिकी

काठमाडौं- गत १४ चैतमा प्रधानमन्त्री नियुक्ति भएका वालेन्द्र शाहसँगै बालुवाटार

विश्वकै शक्तिशाली नौसेनाविरुद्ध प्रतिकार गर्न इरानसँग कुनै शक्ति बाँकी छैन : युद्धमन्त्री हेगसेथ

काठमाडौं- अमेरिकी युद्धमन्त्री पिट हेगसेथले स्ट्रेट अफ हर्मुजमा अमेरिकाको नियन्त्रण

सडक मानवमुक्त अभियान सुरु, पहिलो दिन ९ जनाको उद्धार

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक आश्रित सहयोगापेक्षी मानवमुक्त सहर बनाउने अभियान

शिक्षाको सुधारका लागि मन्त्रीसमक्ष सुझाव पेस

काठमाडौं– प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक,