अदालतबाट सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने ढोका खुल्यो « Khabarhub

अदालतबाट सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने ढोका खुल्यो


२ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्टइन्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा खेल्ने ढोका खुलेको छ ।

एक जना १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट सुनाइएको ८ वर्ष लामो सजायलाई उल्ट्याउँदै उच्च अदालतले लामिछानेलाई बुधबार सफाइ दिएको छ ।

बलात्कार जस्तो गम्भीर मुद्दामा सफाइ पाएसँगै सन्दीपले नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने ढोका पनि खुलेको छ । आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा टी-२० विश्वकप हुँदैछ । यो विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकपका लागि यसअघि नै नेपालले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले गत १ सम्म टोली घोषणाका लागि समय दिएको थियो। आईसीसीको निर्देशनअनुसार नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

टोली

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल  छन् । सदस्यहरूमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतीस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरीलाई समेटिएको छ ।

बलात्कार प्रकरणमा मुछिएपछि नेपालका तीव्र गतिका लेग स्पिनर सन्दीपको विश्वकप यात्रा करिब सकिएको थियो । पटक पटक पेसी सरेको अवस्थामा मंगलबार र बुधबार लगातार सुनुवाइ गर्दै उच्च अदालतले यो मुद्दा किनारा लगाइदिएसँगै सन्दीप विश्वकपमा जाने सम्भावना कायमै रहेको हो ।

पाटन उच्च अदालतमा विचाराधीन यो मुद्दाको पेसी मंगलबारका लागि तोकिँदा पहिलो नम्बरमा चढाइएको थियो।

त्यसपछि लगातार दुई दिन दर्जनौँ वकिलको बहस र जवाफी बहस तथा होटलको सीसीटीभी फुटेज पनि हेरेपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सन्दीपलाई सफाइ दिएका हुन् ।

उच्च अदालतबाट सफाइ पाएपछि सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने सम्भावना बलियो भएको छ । विश्वकपका लागि यसअघि नै  नेपालले टोली घोषणा गरे पनि मुनासिव कारण खुलाएर टोलीको सदस्य हेरफेर गर्न पाउँछ । त्यसका लागि आईसीसीले समय पनि दिएको छ ।

आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर टोलीमा हेरफेर गर्न मे २४ सम्मको समय दिएको छ । त्यसका लागि नेपालसँग ९ दिन समय छ ।

उच्चले सफाइ दिएपछि अब नेपाल क्रिकेट संघले सन्दीपको निलम्बन फुकुवा गरेर विश्वकपमा पठाउन सक्छ । क्यानमा यसबारे छलफल पनि थालिएको सचिव पारस खड्काले खबरहबलाई बताए ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ५ : ३५ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म