नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट आउँछ : मन्त्री भण्डारी « Khabarhub

नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर बजेट आउँछ : मन्त्री भण्डारी


२ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट आउने बताएका छन् । 

धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री भण्डारीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मार्ग निर्देश गरेका विषयलाई केन्द्रमा राखेर आगामी आवको बजेट आउने बताए। 

उनले भने, ‘सरकार बजेटमा केन्द्रित छ । हिजोका दिनमा थुपै्र नीति तथा कार्यक्रमले बजेट नचिन्ने, बजेटले नीति तथा कार्यक्रम नचिन्ने खालका सन्दर्भ थिए । यस पटक सरकारले पूरै नीति तथा कार्यक्रमलाई बल पुग्ने गरी बजेट तय गर्ने छ ।’

रोजगारीका अवसर सिर्जना गर्ने, उद्योगधन्दा सञ्चालन गर्नेलगायतका थुप्रै कार्यक्रम नीति तथा कार्यक्रमले समेटेको मन्त्री भण्डारीले बताए । सरकार राष्ट्रिय मुद्दामा केन्द्रित भएर काम गरिरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ७ : २० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको