ओटीटीमा ‘चपली हाइट ३’ « Khabarhub

ओटीटीमा ‘चपली हाइट ३’


२ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा  सार्वजनिक भएको छ । कोरोनाका कारण सिनेमा हलहरुमा दुई पटक प्रदर्शनमा आएको यो फिल्म मंगलबार एपमार्फत सार्वजनिक गरिएको हो । 

२०७८ पुष ३० गते हलमा रिलिज भएको र तीन दिनमा नै कोभिड-१९ को महामारीले लकडाउन भएपछि यो चलचित्र दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो । सो समयमा पनि दर्शकले कोभिड खोप कार्ड अनिवार्य लिएर हल जानुपर्ने भएपछि पुनः समस्या आएको थियो । 

सो समयमा निकै चर्चामा रहेको यो चलचित्र अब भने सिनेमाघर एपमार्फत सजिलै हेर्न सकिने छ। यस फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, दीपाश्री निरौला लगायतको अभिनय छ। 

सस्पेन्स-थ्रिलर जनरामा बनेको चलचित्रका निर्माता अर्जुन कुमार हुन् । यो चलचित्र चर्चित चलचित्र सिरिज ‘चपली हाइट’को तेस्रो शृङ्खला हो। यसअघि सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४,’ ‘महापुरुष,’ ‘जारी’, ‘पानी फोटो’ जस्ता बहुचर्चित चलचित्रहरू सार्वजनिक भएका छन् । 

सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन् । एपमा उपलब्ध चलचित्रहरू  डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ।

‘चपली हाइट ३’ हेर्न  दुई सय रकम तिर्नुपर्ने हुन्छ । 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ७ : २५ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार