स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार | Khabarhub Khabarhub

स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंस्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली हानिएको छ । गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।

घटनास्थलमा उपस्थित पत्रकारहरूका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको थियो । प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ । 

गोली राजधानीभन्दा करिब  २ घण्टाको ड्राइभ टाढा ह्याण्डलोभा भन्ने ठाउमा भएको सीएनएनले उल्लेख गरेको छ । ह्यान्डलोभामा सरकारी बैठक सकेर बाहिरिँदै गर्दा गोली चलाइएको बताइएको छ ।

स्लोभाकियाकी राष्ट्रपति जुजाना सापुटोभाले यो क्रूर आक्रमणबाट आफू स्तब्ध भएको बताएकी छन् । उनको पछिल्लो अवस्था बारे जानकारी आउन भने बाँकी रहेको छ ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ७ : ५० बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले