दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी | Khabarhub Khabarhub

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली नेपालबाट मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

नेपाल प्रहरीले हालै गरेको अनुसन्धानमा ती गिरोहले दुबई र कुवेतका कार्यालयमा एजेन्ट राखेर नेपालीहरुलाई भिजिट भिसामा दुबई पुर्याउने र त्यहाँबाट विभिन्न प्रलोभन देखाइ कुवेत पुर्याएर बेचबिखन गर्ने गरेको पाइएको हो ।

आरोपीहरु राकेश नेपालीले गोपाल सुनार र राकेश सुनारका नाममा जन्ममिति र ठेगाना फरक बनाई दुई वटा नागरिकता लिएर मानव तस्करी गर्ने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

उनीसहितका गिरोहले महिलालाई प्रलोभनमा पारेर दुबई लैजाने भनी कुवेत पुर्याउने र बेचबिखन गर्ने गरेको खुल्न आएको उनले बताए। महिलालाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्याउने घरेलु कामदारका रुपमा लगाउने गरेको खुलेको प्रहरीले जनाएको छ ।

पीडितका एक आफन्तले कार्यालयमा दिएको निवेदनका आधारमा कुवेतस्थित नेपाली राजदूतावासमार्फत एक पीडित महिलाको यही वैशाख २७ गते उद्धार गरेको थियो । प्रारम्भिक चरणको अनुसन्धानपछि आज प्रहरीले घटनाबारे सार्वजनिक गरेको हो ।

उक्त घटनामा नेपाल सरकारबाट निषेधित गरिएको क्षेत्रमा समेत महिलालाई लगी अलपत्र पारी बन्धक बनाउने व्यक्तिउपर अनुसन्धान गर्दा मानव तस्करीसमेतका कार्यमा संलग्न रहेको खुलेपछि गत वैशाख ३१ गते दुई जनालाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको बौद्ध बस्ने राकेश सुनार भन्ने २४ वर्षका गोपाल सुनार र गोरखा घर भई काठमाडौँ बस्ने आयुस भन्ने आकाशबाबु विक छन् । पीडितले स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएको र रु एक लाख ५० हजार माग्नुका साथै ज्यान लिने धम्की दिएको खुुल्न आएको छ ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ८ : ५० बजे

सन्दीप भन्छन्- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

काठमाडौं–  क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको

‘तिमी सुस्तरी छेउ आइदेऊन’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं– ‘तिमी सुस्तरी छेउ आइदेऊन’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको

अफगानिस्तानमा बाढीका कारण १६ जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा हालै आएको बाढीमा १६

पशु अस्पताललाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री अधिकारी

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशु स्वास्थ्य सेवालाई प्रभावकारी

मन्त्री भण्डारीद्वारा उद्योग परिसर अनुगमन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा