टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट « Khabarhub

टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट


२ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि छनोट भएका छन् ।

लैनचौरस्थित टेबल टेनिस हलमा आज भएको दक्षिण एसियाली छनोट प्रतियोगिताको पुरुष एकलतर्फको फाइनल खेलमा स्यान्टुले नेपालकै संयोग कपालीलाई ४–३ ले पराजित गर्दै ओलम्पिकमा छनोट भएका हुन् । योसँगै ओलम्पिकमा छनोट चरणबाट खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी बनेका छन् ।

यसअघि नेपालबाट तेक्वान्दोका सङ्गीना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका थिए । सङ्गीना सन् २००४ मा एथेन्स र दीपक सन् २००८ मा बेइजिङ ओलम्पिकका लागि छनोट भएका थिए ।

‘वेष्ट अफ सेभेन’मा भएको आजको खेलमा पहिलो सेट ११–७ अङ्कले आफ्नो पक्षमा पारेका स्यान्टु दोस्रो सेटमा ८–११ अङ्कले पराजित भए । त्यसपछिका दुई सेट ११–७ र ११–६ अङ्कले जित निकालेका स्यान्टुले पाँचौँ र छैटौँ सेट ८–११ र ८–११ अङ्कले गुमाए । अन्तिम सेट ११–९ अङ्कले आफ्नो पक्षमा पार्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गरे ।

यसअघि स्यान्टुले श्रीलङ्कका चमिरा गिनिगे र संयोगले श्रीलङ्काकै जयसनका डी सिल्भालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ९ : १६ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स