हज यात्रीको पहिलो समूह साउदी प्रस्थान गर्दै « Khabarhub

हज यात्रीको पहिलो समूह साउदी प्रस्थान गर्दै


२ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज राति त्यसतर्फ प्रस्थान गर्दैछ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले एक सय ५० जनालाई हज यात्राका लागि बिदाइ गरेकाे उनको सचिवालयले जनाएको छ ।

हिजरी संवत् १४४५ को हजका पहिलो चरणमा १४९ हजयात्री र १ जना हज प्रतिनिधिमण्डल सदस्य गरी जम्मा १५० जना अरब प्रस्थान गर्दै छन् । यस वर्ष जम्मा ७६४ जना हजयात्री अरब जाने गृहमन्त्रालयले जनाएको छ । उनीहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किनेछन् ।

मुस्लिम जनसङ्ख्याको शून्य दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ९ : ३४ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा