स्पेसएक्सद्वारा अन्तरिक्षमा थप २० स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण | Khabarhub Khabarhub

स्पेसएक्सद्वारा अन्तरिक्षमा थप २० स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार थप २० वटा स्टारलिङ्क उपग्रह कक्षमा प्रक्षेपण गरेको छ । यसमा डाइरेक्छ–टु–सेल क्षमता भएका १३ वटा समावेश छन् ।

स्पेसएक्सका अनुसार क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट प्यासिफिक समयको बिहान ११ः३९ मा फाल्कन ९ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।

केही मिनेटपछि फाल्कन–९ को पहिलो चरणको बूस्टर फर्कियो र प्यासिफिक महासागरमा रहेको ‘अफ कोर्स आई स्टिल लभ यू’ ड्रोनशिपमा अवतरण भयो ।

स्पेसएक्सकाले पछि २० उपग्रहको तैनातीको पुष्टि गर्यो । स्पेसएक्सका अनुसार स्टारलिङ्कले पहुँच अविश्वसनीय, महँगो, वा पूर्णरूपमा अनुपलब्ध भएका स्थानहरूमा उच्च–गतिको ब्रोडब्यान्ड इन्टरनेट प्रदान गर्नेछ ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ९ : ४५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग