धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता « Khabarhub

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

चालु आर्थिक वर्षको चैतसम्म रसुवा जिल्लामा भएका विकास निर्माणको लेखाजोखा गर्न जिल्ला समन्वय समितिले आज सदरमुकाम धुञ्चेमा आयोजना गरेको समीक्षा गोष्ठीलाई मन्त्री जोशीले धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड जान सहज बनाउनका लागि धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माण आवश्यक रहेको बताए ।

उनले जिल्लाको समग्र विकासका कार्यक्रम तर्जुमा गर्दा कुनले के काम गर्ने भन्ने विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिबीच एकआपसी छलफल गरेर समन्वयात्मक तवरले अगाडि बढ्न आग्रह गरे । मन्त्री जोशीले स्थानीय तहमा युवालाई रोजगार सिर्जना, बढी प्रतिफल दिने कार्यक्रम तर्जुमा गर्न सुझाव दिए ।

जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेको सभापतित्वमा भएको समीक्षा गोष्ठीमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य साङ्तेम्वा तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष मानबहादुर तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरूङलगायतले रसुवाली सबैखाले विकास निर्माणका योजना तर्जुमा गर्नुपूर्व सबै पक्षको समन्वय गर्न जरूरी रहेको बताएका छन् ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  १० : ५४ बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले