बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय « Khabarhub

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय


२ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त मन्त्रालयलाई विभाजन गरि युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको प्रवत्ता गंगानारण श्रेष्ठले खबरहबलाई बताए ।

उनले भने, ‘सामाजिक विकास मन्त्रालय विभाजन गरि युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेका छौं । अब काम गर्न सहज हुन्छ ।’

बिना विभागीय मन्त्री रमा आले मगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय विभाजन गरिएको बताइएको छ । आले नेकपा (एकीकृत समाजवादी)को तर्फबाट काठमाडौं १० (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। मगर डेढ महिनाअघि बिना विभागीय मन्त्री बनेकी थिइन् ।

याेसँगै बागमतीमा मन्त्रालयको संख्या १३ पुगेको छ । यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खर्च कटौतीका लागि मन्त्रालयको संख्या १४ बाट घटाएर १२ कायम गरेका थिए । उनले सरकार जोगाउन र भागबण्डा मिलाउन फेरि मन्त्रालयको संख्या बढाएका हुन् ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ११ : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको