१४ औं ओभरमा नेपालले तेस्रो विकेट गुमायो : अनिल शाह आउट | Khabarhub Khabarhub

१४ औं ओभरमा नेपालले तेस्रो विकेट गुमायो : अनिल शाह आउट


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आठौं ओभरमा दुई विकेट गुमाएको नेपालले १४ औं ओभरमा तेस्रो विकेट गुमाएको छ । अनिल शाह २४ बल खेल्दै २७ रन बनाएर आउट भएका हुन् । उनी एडेन मार्करामको बलमा आउट भएका हुन् । उनले तीन चौका र एक छक्का प्रहार गरे ।

यसअघि पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको थियो । नेपालको दुई विकेट दक्षिण अफ्रिकाका तबरेज शम्सीले लिएका हुन् ।

कुशल भुर्तेलले २१ बलको सामना गर्दै १२ रन बनाए भने कप्तान पौडेल २ बल खेल्दै शून्यमा आउट भए । दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपालले १४ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ८७ रन बनाएको छ । क्रिजमा आशिफ शेख र दीपेन्द्रसिंह ऐरी छन् । दक्षिण अफ्रिकाले ७ विकेट गुमाएर नेपाललाई ११६ रनको चुनौती दिएको हो ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ८ : ०८ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि