भारतको गुजरातमा अन्तरिक्षबाट देखिने वायुऊर्जा केन्द्र सञ्चालनमा « Khabarhub

भारतको गुजरातमा अन्तरिक्षबाट देखिने वायुऊर्जा केन्द्र सञ्चालनमा


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको गुजरातमा २ सय वर्गमाइल क्षेत्रफलमा वायुऊर्जा केन्द्र सञ्चालनमा आएको छ ।

गुजरातको खाभ्डामा हालै सञ्चालनमा आएको नवीकरणीय ऊर्जा केन्द्रको क्षेत्रफल फ्रान्सको राजधानी पेरिसभन्दा ५ गुणा ठूलो रहेको बेलायती अखबार एक्सप्रेसले जनाएको छ ।

यस केन्द्रमा स्विट्जरल्याण्डजत्रो मुलुकमा ऊर्जा प्रवाह गर्नसक्ने क्षमता रहेको जनाइएको छ । विशाल क्षेत्रफलमा फैलिएको यस केन्द्र अन्तरिक्षबाट समेत देख्न सकिने एक्सप्रेसले उल्लेख गरेको छ ।

यस केन्द्रले गत मार्चदेखि भारतको राष्ट्रिय प्रसारण लाइनमा ऊर्जा प्रवाह गरिरहेको छ । पूर्ण क्षमतामा सञ्चालनमा आएको खण्डमा यस केन्द्रले भारतको कुल नवीकरणीय ऊर्जाको नौ प्रतिशतभन्दा धेरै ऊर्जा प्रवाह गर्नेछ ।

यस केन्द्रबाट १ करोड ६० लाख घरधुरीलाई पुग्ने ऊर्जा प्राप्त हुने अपेक्षा गरिएको छ । २० अर्ब अमेरिकी डलरको लागतमा निर्माण भइरहेको यस केन्द्रको ऊर्जा उत्पादन क्षमता ३० गिगावाट छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : १७ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि