भारतको गुजरातमा अन्तरिक्षबाट देखिने वायुऊर्जा केन्द्र सञ्चालनमा « Khabarhub

भारतको गुजरातमा अन्तरिक्षबाट देखिने वायुऊर्जा केन्द्र सञ्चालनमा


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको गुजरातमा २ सय वर्गमाइल क्षेत्रफलमा वायुऊर्जा केन्द्र सञ्चालनमा आएको छ ।

गुजरातको खाभ्डामा हालै सञ्चालनमा आएको नवीकरणीय ऊर्जा केन्द्रको क्षेत्रफल फ्रान्सको राजधानी पेरिसभन्दा ५ गुणा ठूलो रहेको बेलायती अखबार एक्सप्रेसले जनाएको छ ।

यस केन्द्रमा स्विट्जरल्याण्डजत्रो मुलुकमा ऊर्जा प्रवाह गर्नसक्ने क्षमता रहेको जनाइएको छ । विशाल क्षेत्रफलमा फैलिएको यस केन्द्र अन्तरिक्षबाट समेत देख्न सकिने एक्सप्रेसले उल्लेख गरेको छ ।

यस केन्द्रले गत मार्चदेखि भारतको राष्ट्रिय प्रसारण लाइनमा ऊर्जा प्रवाह गरिरहेको छ । पूर्ण क्षमतामा सञ्चालनमा आएको खण्डमा यस केन्द्रले भारतको कुल नवीकरणीय ऊर्जाको नौ प्रतिशतभन्दा धेरै ऊर्जा प्रवाह गर्नेछ ।

यस केन्द्रबाट १ करोड ६० लाख घरधुरीलाई पुग्ने ऊर्जा प्राप्त हुने अपेक्षा गरिएको छ । २० अर्ब अमेरिकी डलरको लागतमा निर्माण भइरहेको यस केन्द्रको ऊर्जा उत्पादन क्षमता ३० गिगावाट छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : १७ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ