युक्रेन शान्ति शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरू स्विट्जरल्याण्ड प्रस्थान « Khabarhub

युक्रेन शान्ति शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरू स्विट्जरल्याण्ड प्रस्थान


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोसँग शान्ति वार्ता चाहेको खण्डमा कियभलाई प्रभावकारीरूपमा आत्मसमर्पण गर्न माग गरेपछि युक्रेनमा शान्तिसम्बन्धी पहिलो शिखर सम्मेलनका लागि विश्वका नेताहरू शनिबार स्विट्जरल्याण्ड पुगेका छन् ।

बर्गेनस्टक रिसोर्टमा हुने दुई दिने सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ५० भन्दाबढी अन्य राष्ट्र र सरकार प्रमुखको सहभागिता रहनेछ तर रसियाले भने भाग लिने छैन ।

स्विट्जरल्यान्डले मस्कोलाई संलग्न गरी शान्तिको मार्गका लागि प्रारम्भिक आधार तयार पार्ने लक्ष्य राखेको थियो तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार शिखर सम्मेलनलाई ‘सबैलाई विचलित गर्ने चाल’ भन्दै प्रतिकार  गरेका छन् ।

उनले कियभले पूर्व र दक्षिणबाट आफ्नो सेना फिर्ता लिए र नाटो सदस्यताको त्यागेमा ‘तुरुन्तै’शान्ति वार्ता सुरु गर्ने बताए।

जेलेन्स्कीले पुटिनको मागलाई नाजी जर्मनीका तानाशाह एडोल्फ हिटलरको सम्झना दिलाउने क्षेत्रीय ‘अल्टिमेटम’ का रूपमा आलोचना गरेका छन् । नाटो र संयुक्त राज्य अमेरिकाले पनि रुसको यो कठोर सर्तलाई अस्वीकार गरेको हो ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १ : ४६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको