ओलीको प्रश्न- विकास गर्न सरकारमा गयौँ, त्यो नभएपछि सन्तोष कसरी मान्ने ? « Khabarhub

ओलीको प्रश्न- विकास गर्न सरकारमा गयौँ, त्यो नभएपछि सन्तोष कसरी मान्ने ?


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न एमाले सरकारमा गएको बताएका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बजेटको विषयमा एक दुई जनाको मुख हेरेर मात्र नहुने बताए ।

ओलीले भने, ‘एक दुई जनाको मुख हेरेर बजेटको सन्दर्भमा भएको कति ठिक कति, बेठिक त्यो अलिक छलफल गर्नुपर्ने हुन्छ । एक दुई जनाको मुख हेरेर, हामी सरकारमा छौँ भनेर, देश गरिबीतिर गए पनि के भयो भनेर हुन्छ ? हामी देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न सरकारमा गएका हौँ । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ? ’

उनले एमालेले चलाइरहेको मन्त्रालयको स्थिति हेर्न समेत आग्रह गरे ।

ओलीले बजेट भाषण भएदेखि नै निरन्तर असन्तुष्टि प्रकट गरिरहेका छन् ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ४ : ०१ बजे

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ