बजेटमा धेरै विवादास्पद कुराहरु छन : विप्लव « Khabarhub

बजेटमा धेरै विवादास्पद कुराहरु छन : विप्लव


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विप्लवले बजेटमा धेरै विवादास्पद कुराहरु रहेको बताएका छन् ।

शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली विषयक अन्तर संवादमा बोल्दै उनले सरकारमै बसिरहेका पार्टीहरूले नै बजेटमा असन्तुष्टि जनाएको बताए ।

उनले भने, ‘अर्थतन्त्रको कुरा गर्ने बित्तिकै आर्थिक दृष्टिकोण, आर्थिक निर्माण, पुँजी निर्माणको कुरा गर्ने बित्तिकै दुई वटा कुरा हो । एउटा, राज्यको कुरा हो । अर्को, संस्था र नागरिकको कुरा हो । राज्यले गरिराखेको छ तर अलमलिएको देख्छौँ हामी । बजेट आयो । बजेटको बारेमा यति धेरै विवादास्पद कुराहरु छन् अहिले । राम्रा पनि छन् ।’

उनले सरकारमै बसिरहेका पार्टीहरूका निर्णायक प्रभाव पार्ने खालका नेताहरूले पनि बजेटको आलोचना गरिरहेको बताए ।

१२ खर्बको राजस्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नभएको उनको दाबी छ ।

उनले अगाडि भने, ‘सरकारमै बसेका नेताहरू, मन्त्री भएकै मान्छेहरूले यो बजेट काम छैन भन्न थालेपछि अब नागरिकले के आशा राख्ने आर्थिक क्षेत्रमा सरकारको नेतृत्व गरेका र प्रतिपक्ष सबैका ट्रेन्ड हेर्नुभयो भने आर्थिक परिचालन गरेर १२ खर्बको राजस्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्नेखालको देखिँदैन ।’

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ४ : ३८ बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी