कर्णालीको बजेट आकार १ अर्ब ९६ करोडले घटाइयो (पूर्णपाठ) | Khabarhub Khabarhub

कर्णालीको बजेट आकार १ अर्ब ९६ करोडले घटाइयो (पूर्णपाठ)


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड रुपैयाँको बजेट अनुमान सार्वजनिक गरेको छ ।

आज (शनिबार) प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ नारासहित आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेश गरेका हुन्‌ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट आकार झण्डै १ अर्ब ९६ करोड रुपैयाँ घटाएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि भने ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको आयव्यय अनुमान प्रस्तुत गरेको हो ।

कर्णाली प्रदेश सरकारले पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार (५९.७ प्रतिशत) बजेट विनियोजन गरेको छ । चालूतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात (२४.१२ प्रतिशत) बजेट अनुमान गरेको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कर्णाली प्रदेश सरकारले ल्याएको बजेट पूर्णपाठः

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : ३९ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

विधायन व्यवस्थापन र राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुई समितिको बैठक बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।