विकासशील भूपरिवेष्ठित मुलुकको दिगो विकासमा सहयोग गर्न भारत प्रतिबद्ध « Khabarhub

विकासशील भूपरिवेष्ठित मुलुकको दिगो विकासमा सहयोग गर्न भारत प्रतिबद्ध


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले विकासशील भूपरिवेष्ठित मुलुकको दिगो विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ । 

संयुक्त राष्ट्रसघमा आयोजित सम्मेलनमा बोल्दै राष्ट्रसंघको लागि भारतीय सहायक स्थायी प्रतिनिधि योजना पटेलले विकासशील भूपरिवेष्ठित मुलुकको दिगो विकासमा सहयोग गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको बताएकी हुन् ।

उनले पारवहनका लागि भारतमा निर्भर रहेका भूपरिवेष्ठित मुलुकहरू भुटान र नेपाललाई सहयोग गर्न आर्थिक सहकार्य र पारवहन कनेक्टिभिटीलाई थप मजबुत बनाउने समेत उल्लेख गरिन् । 

भारतले पारस्परिक विकासका लागि थालिएको ‘बंगलादेश, भुटान, भारत नेपाल (बीबीआईएन)’ पहलअन्तर्गत यसमा आबद्ध मुलुकहरूलाई विश्वव्यापी आपूर्ति शृङ्खलामा थप पहुँच दिलाउन पनि भारत तत्पर रहेको उनको भनाइ छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले विकासशील भूपरिवेष्ठित मुलुकहरूको आगामी सम्मेलनका लागि भारतले ३ लाख डलर सहयोग गर्ने पनि घोषणा गरेकी छन् ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : ३३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका