गण्डकीको बजेट आकार ३२ अर्ब ९६ करोड (पूर्णपाठ) « Khabarhub

गण्डकीको बजेट आकार ३२ अर्ब ९६ करोड (पूर्णपाठ)


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बराबरको बजेट अनुमान पेश गरेका छन्‌ । आज (शनिबार) प्रदेश सभा बैठकमा मन्त्री गुरुङले आगामी आर्थिक वर्षको आयव्यय विवरण पेश गरेका हुन्‌ ।

अन्य प्रदेशमा झैं गण्डकीमा पनि चालू आर्थिक वर्षको तुलनामा आगामी बजेट आकार घटाइएको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको बजेट आकार भने ८५ करोड रुपैयाँले घटाइएको हो ।

मन्त्री गुरुङले चालुतर्फ १३ अर्ब १६ करोड (३९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ५१ करोड रुपैयाँ (कूल विनियोजनको ६० प्रतिशत) बजेट विनियोजन गरेका छन्‌ । पर्यटन, कृषि, खानेपानीमा जोड दिँदै मन्त्री गुरुङले बजेटको अधिका‌ंश हिस्सा पूर्वाधार विकास निम्ति छुट्याएका हुन्‌ ।

कृषि क्षेत्रमा व्यवसायीकरण र रूपान्तरण नारा दिएको प्रदेश सरकारले उत्पादन र रोजगारीमा जोड दिइने जनाएको छ ।

बजेटको पूर्णपाठः

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : ५८ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला