भारतीय जनता शान्ति र सुरक्षाको पक्षमा छन् : मोदी « Khabarhub

भारतीय जनता शान्ति र सुरक्षाको पक्षमा छन् : मोदी


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता सधैँ शान्ति, सुरक्षा र प्रगतिशीलताको पक्षमा रहेको जनाएका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले भारतीय जनता शान्ति, सुरक्षा र प्रगतिशीलताको पक्षमा रहेको जनाएका हुन् ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफलाई सम्बोधन गर्दै मोदीले गरेको पोस्टमा आफ्ना जनताको सुरक्षा र हित आफूहरूको प्राथमिकतामा रहनुपर्ने उल्लेख गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार त्यसअघि प्रधानमन्त्री शरिफले तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएकोमा मोदीलाई बधाई दिएका थिए ।

बधाई सन्देशमा शरिफले दक्षिण एसियाका दुई अर्ब जनताको भाग्य निर्धारण गर्न घृणालाई आशामा बदल्न आवश्यक रहेको उल्लेख गरेका थिए । जवाफमा प्रधानमन्त्री मोदीले शरिफलाई धन्यवाद दिँदै भारतीय जनता सदैव शान्ति र सुरक्षाको पक्षमा रहेको बताएका हुन् ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : ०१ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई