सुदूरपश्चिम प्रदेश सभामा ३१ अर्ब ६२ करोडको बजेट प्रस्तुत (पूर्णपाठ) « Khabarhub

सुदूरपश्चिम प्रदेश सभामा ३१ अर्ब ६२ करोडको बजेट प्रस्तुत (पूर्णपाठ)


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदूरपश्चिम प्रदेश सभामा ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट प्रस्तुत भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्‌ ।

मन्त्री पालले चालूतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार, पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ विनियोजन गरेका छन्‌ ।

अधिकांश प्रदेशको बजेट आकार घट्दा सुदूरपश्चिम प्रदेश सरकारले भने बढाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । चालू आर्थिक वर्षको तुलनामा आगामी बजेट आकार २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी हो ।

मन्त्री पालले प्रदेशमा आगामी आर्थिक वर्षभित्र एक अर्ब ६० लाख १५ हजार राजस्व उठाउने लक्ष्य लिएका छन्‌ । संघीय सरकारको राजश्व बाँडफाँडतर्फ ९ अर्ब ९९ करोड, संघीय रोयल्टीबाट चार करोड ४० लाख, वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड २७ लाख, चालु वर्षको बजेटबाट बचत हुने ६ अर्ब १५ करोड, संघीय सरकारले दिने सर्शत अनुदानतर्फ तीन अर्ब १३ करोड, समपूरक अनुदान एक अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड रुपैयाँ हुने प्रदेश सरकारको अनुमान छ ।

अन्य प्रदेशमा जस्तै सुदूरपश्चिममा पनि आगामी बजेटको केन्द्रमा भौतिक पूर्वाधार विकासलाई नै राखिएको छ । पूर्वाधार विकासतर्फ मन्त्री पालले १३ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्‌ ।

प्रदेश सरकराले भूमि, कृषि र सहकारी क्षेत्रमा ३ अर्ब ९ करोड, उद्योग/पर्यटन र वनतर्फ २ अर्ब ४ करोड र शिक्षा/स्वास्थ्य तथा खेलकुद क्षेत्रका लागि ६ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिएको छ ।

बजेट पूर्णपाठ:

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : ३६ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५