कनेक्टिङ कर्णाली अभियानको फोटो प्रदर्शनी « Khabarhub

कनेक्टिङ कर्णाली अभियानको फोटो प्रदर्शनी


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शब्द, चित्र, दृश्य र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णालीसँग जोड्न ‘कनेक्टिङ कर्णाली’ अभियानको फोटो प्रदर्शनी आजबाट सुरु भएको छ । कार्यक्रमको उद्घाटन नवीन शाहीले गरेका छन् ।

काठमाडौं नयाँ बानेश्वरस्थित एन बि सेन्टरको उमोजो क्याफेमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै राउटे युवा  शाहीले भने ‘राउटे समुदाय संकटमा रहेको, विभिन्न समस्याहरू झेल्न परेको बताए । 

समयमै समस्या समाधान नहुदा राउटे समुदायमा समस्या चुलिँदै गएको शाहीले बताएका थिए ।  

कनेक्टिङ कर्णाली अभियानले कर्णालीका १० वटै जिल्लाहरूलाई समेट्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । अभियानको सुरुवात स्वरुप खस कला, संस्कृति र सम्पदाको खानीको रुपमा रहेको दैलेखबाट सुरुवात गरिएको छ । ३ दिन सम्म चल्ने प्रदर्शनीमा ३२ वटा फोटो तथा ५ वटा  भिडियोहरु प्रदर्शन गरिएको छ ।

साथै कर्णालीको उत्पादनसँग सम्बन्धी मार्सीचामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायबाट उत्पादित सामग्रीहरूलाई प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा अधिकांश तस्बिर आयोजक र बिशाल सुनारले कैद गरेका छन् भने एक वटा तस्बिर  हरिहरसिंह राठोर खिचेका छन् भने प्रदर्शन गरिएका पाँच वटै छोटो भिडियोहरु बिशाल सुनारले तयार गरेको हुन् । भिडियोहरुमा दैलेखको सस्कृति,सम्पदा,प्रकृति,सावर र पेट्रोलियम पदार्थ अन्वेषणसंग सम्वन्धित भिडियोहरु राखिएको छ ।

मनघरी फाउन्डेशनको आयोजना तथा सोसेक नेपाल,दैलेखी सेवा समाजको प्रवद्र्धनमा आयोजना गरिएको हो ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ७ : ०१ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित