‘अपरेसन के’मार्फत पश्चिमा देशमा भारत बिरोधी अभियान चलेको खुलासा « Khabarhub

‘अपरेसन के’मार्फत पश्चिमा देशमा भारत बिरोधी अभियान चलेको खुलासा


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भारत । पश्चिमा मुलुकमा भारतविरोधी प्रदर्शन गराउने योजनाको खुलासा भएको छ । पश्चिमा मुलुकमा चीनले खलिस्तानको समर्थनमा भारतविरोधी प्रदर्शनहरुको आह्वान गर्न भूमिका खेल्ने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार चीनले पश्चिमा मुलुकमा ‘अपरेशन के’ नामक भारतविरोधी अभियान सञ्चालन गर्दै आएको छ । हालैमात्र क्यानाडामा हरदिप सिंह निज्जर मारिएको घटनालाई उचालेर चीनले अस्ट्रेलिया, न्युजिल्याण्ड, बेलायत, अमेरिकाजस्ता मुलुकमा खलिस्तानको समर्थनमा प्रदर्शनको आह्वान गर्दै आएको बताइएको छ ।

त्यसबाहेक चिनियाँ प्रयोगकर्ताहरुले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता सामाजिक सञ्जालमा शिख समुदायका व्यक्तिहरुको नक्कली आईडी बनाएर अनलाइन दुष्प्रचारसमेत गर्दै आएको पाइएको छ ।

फेसबुकको माउ कम्पनी मेटाले अस्ट्रेलिया, भारत, क्यानाडा, बेलायतजस्ता मुलुकमा बसोबास गर्ने शिख समुदायका व्यक्तिहरुलाई लक्षित गरी चिनियाँ प्रयोगकर्ताहरुले नक्कली आईडी बनाउने गरेको उल्लेख गरेको छ । मेटाले त्यस्ता गतिविधि गर्ने ३७ फेसबुक अकाउन्ट, १३ पेज, ५ वटा फेसबुक ग्रुप र इन्स्टाग्रामका ९ वटा आईडी निष्कृय तुल्याएको जानकारी दिएको छ ।

त्यस्ता अकाउन्टहरुले पश्चिमा मुलुकमा शिख समुदायको पक्षमा प्रदर्शनको आह्वान गर्ने, खलिस्तानी गतिविधिलाई बढावा दिने एवम् भारतविरोधी सन्देश फैलाउने गरेको पाइएको छ । यस्तो किसिमका अनलाइन दुष्प्रचारमा चिनियाँ प्रयोगकर्ताहरुले एआई एवम् अन्य फोटो सम्पादन गर्ने प्रविधिको समेत प्रयोग गर्दै आएको पाइएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : ०९ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल