इन्द्रपुर नमुना विद्यालयलाई ‘आइएसओ सर्टिफिकेट’ « Khabarhub

इन्द्रपुर नमुना विद्यालयलाई ‘आइएसओ सर्टिफिकेट’


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचा १२ मा रहेको इन्द्रपुर नमुना माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ सटिर्फिकेट) प्राप्त भएको छ ।

उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने आइएसओ प्रमाणपत्र शनिबार एक समारोहबीच हस्तान्तरण गरिएको छ । इन्द्रपुर माविले अधिकांश मापदण्ड पूरा गरेको र बाँकी मापदण्ड केही समय भित्रै पूरा गर्ने प्रतिबद्धता गरेसँगै सर्टिफिकेट हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सुन्दरहरैचा शिक्षा शाखा प्रमुख लिलादेवी ओझा, स्कुलका प्रबन्धक निर्देशक उत्सव थापा,स्कुलका प्रिन्सिपल शान्तिराम दाहाल लगायतलाई एभरेष्ट इन्टरनेशनल कसल्टेन्सी काठमाडौँका प्रबन्धक निर्देशक शैलेन्द्र कुमार खरेलले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

प्रबन्धक निर्देशक खरेलले प्रतिनिधिले स्कुलले अधिकांश मापदण्ड पूरा गरेको र अबको तीन वर्षमा बाँकी मापदण्ड पनि पूरा गर्ने पर्याप्त आधार रहेकाले प्रमाणपत्र हस्तान्तरण गरिएको र अब मापदण्ड पूरा भएपछि लोगो पनि हस्तान्तरण गरिने बताए ।

स्कुलका प्रबन्धक निर्देशक उत्सव थापाले आइएसओ प्रमाणपत्र पाएसँगै स्कुलमा आइपरेको दायित्वलाई सफलतापूर्वक साकार पार्न सबैका बीचमा सहकार्यको खाँचो रहेको बताए ।

स्कुलका प्रिन्सिपल दाहालले शैक्षिक संस्थाको शैक्षिक तथा व्यावस्थापकीय अवस्थाको मूल्यांकनका आधारमा कैयन अन्तरक्रिया, तालिम र सूचकको मापन गर्दै प्रमाणपत्र प्राप्त गरिएको भन्दै बाँकी मापदण्ड पनि तोकिएको समयमै पूरा गरिने प्रतिबद्धता जनाए ।

त्यस्तै सुन्दरहरैचा १२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले स्कुलले प्रमाणपत्र प्राप्त गरेकोमा खुशी ब्यक्त गर्दै शिक्षा छेत्रमा जस्तो सुकै सहयोग गर्न नगरपालिका तयारी रहेको बताए।

शैक्षिक संस्थाको शैक्षिक तथा व्यावस्थापकीय उत्कृष्टता र संस्थापक तथा प्रशासकको थप सुधारका लागि व्यक्त प्रतिबद्धतालाई समेत मूल्याङ्कन गरेर यो प्रमाणपत्र प्रदान गरिन्छ ।

 

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १० : ४९ बजे

चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु

चितवन– चितवनमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द 

म्याग्दी– प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा

कुुखुराको अण्डाको मूल्यमा भारी वृद्धि

चितवन– नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्यमा भारी वृद्धि गरेको

घलेगाउँ सांस्कृति भवनको उद्घाटन गर्दै प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट

तनहुँमा ८ हजार ३६६ मतदाता थपिए

तनहुँ– तनहुँ जिल्लामा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्