इन्द्रपुर नमुना विद्यालयलाई ‘आइएसओ सर्टिफिकेट’ « Khabarhub

इन्द्रपुर नमुना विद्यालयलाई ‘आइएसओ सर्टिफिकेट’


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचा १२ मा रहेको इन्द्रपुर नमुना माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ सटिर्फिकेट) प्राप्त भएको छ ।

उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने आइएसओ प्रमाणपत्र शनिबार एक समारोहबीच हस्तान्तरण गरिएको छ । इन्द्रपुर माविले अधिकांश मापदण्ड पूरा गरेको र बाँकी मापदण्ड केही समय भित्रै पूरा गर्ने प्रतिबद्धता गरेसँगै सर्टिफिकेट हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सुन्दरहरैचा शिक्षा शाखा प्रमुख लिलादेवी ओझा, स्कुलका प्रबन्धक निर्देशक उत्सव थापा,स्कुलका प्रिन्सिपल शान्तिराम दाहाल लगायतलाई एभरेष्ट इन्टरनेशनल कसल्टेन्सी काठमाडौँका प्रबन्धक निर्देशक शैलेन्द्र कुमार खरेलले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

प्रबन्धक निर्देशक खरेलले प्रतिनिधिले स्कुलले अधिकांश मापदण्ड पूरा गरेको र अबको तीन वर्षमा बाँकी मापदण्ड पनि पूरा गर्ने पर्याप्त आधार रहेकाले प्रमाणपत्र हस्तान्तरण गरिएको र अब मापदण्ड पूरा भएपछि लोगो पनि हस्तान्तरण गरिने बताए ।

स्कुलका प्रबन्धक निर्देशक उत्सव थापाले आइएसओ प्रमाणपत्र पाएसँगै स्कुलमा आइपरेको दायित्वलाई सफलतापूर्वक साकार पार्न सबैका बीचमा सहकार्यको खाँचो रहेको बताए ।

स्कुलका प्रिन्सिपल दाहालले शैक्षिक संस्थाको शैक्षिक तथा व्यावस्थापकीय अवस्थाको मूल्यांकनका आधारमा कैयन अन्तरक्रिया, तालिम र सूचकको मापन गर्दै प्रमाणपत्र प्राप्त गरिएको भन्दै बाँकी मापदण्ड पनि तोकिएको समयमै पूरा गरिने प्रतिबद्धता जनाए ।

त्यस्तै सुन्दरहरैचा १२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले स्कुलले प्रमाणपत्र प्राप्त गरेकोमा खुशी ब्यक्त गर्दै शिक्षा छेत्रमा जस्तो सुकै सहयोग गर्न नगरपालिका तयारी रहेको बताए।

शैक्षिक संस्थाको शैक्षिक तथा व्यावस्थापकीय उत्कृष्टता र संस्थापक तथा प्रशासकको थप सुधारका लागि व्यक्त प्रतिबद्धतालाई समेत मूल्याङ्कन गरेर यो प्रमाणपत्र प्रदान गरिन्छ ।

 

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १० : ४९ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न