‘के घर के डेरा’को सिक्वेलमा दोहोरिएलान् त कलाकार ? | Khabarhub Khabarhub

‘के घर के डेरा’को सिक्वेलमा दोहोरिएलान् त कलाकार ?


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘के घर के डेरा’को दोस्रो शृङ्खला ‘घर नम्बर दुई’ मा नायकका रुपमा खगेन्द्र लामिछानेको प्रवेश भएको छ । केही दिन अघि मात्रै उनी फिल्ममा अनुबन्ध भएका हुन् ।

खगेन्द्र अघिल्लो शृङ्खलामा थिएनन् । निर्देशक दीपेन्द्रकुमार खनालका अनुसार पहिलो शृङ्खलाका कलाकार यसमा दोहोरिने सम्भावना न्यून छ । उनी भन्छन्, ‘यो कथा नै फरक हो । पहिलाका कलाकारहरू दोहोरिने सम्भावना कम छ ।’

यद्यपि मुख्य कलाकारको चयनको काम अझै पूरा नभएको उनको भनाइ छ । खनाल भन्छन्, ‘हामी अन्तिम चरणमा छौँ । कलाकार एकदुई दिनमा फाइनल गर्छौँ ।’ अहिले यो फिल्मको प्रि प्रोडक्सनको काम भइरहेको बुझिएको छ ।

‘के घर के डेरा’ मा नायक विपिन कार्की, दयाहाङ राई, नायिका वर्षा राउत र सुरक्षा पन्त मुख्य भूमिकामा थिए । यसको कथा सिंघे लामा र पटकथा महेश दवाडीको थियो ।

‘घर नम्बर दुई’मा बुद्धिसागरको लेखन रहने बताइएको छ । साउन २५ बाट छायाँङ्कनका लागि निस्कने तयारीमा निर्देशक खनाल रहेका छन् ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियसनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा युवराज कार्कीले लगानी रहने छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ३३ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन