आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटनको विकास अपरिहार्य : राष्ट्रियसभा अध्यक्ष « Khabarhub

आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटनको विकास अपरिहार्य : राष्ट्रियसभा अध्यक्ष


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् ।

ठमेल पर्यटन विकास परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पर्यटकको अथाह सम्भावना भएको नेपालमा पूर्वाधार विकास गरी देश विदेशमा प्रचारप्रसार गर्नु आवश्यक रहेको बताए ।

‘विश्वको सर्वोच्च शिखर सगरमाथा, आठवटा उच्च हिमाल नेपालमा छन्, विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालदेखि बुद्धको जन्मथलो लुम्बिनी नेपालमा छ, यसको विश्वमा सही ढङ्गले प्रचारप्रसार गर्नुपर्छ,’ अध्यक्ष दाहालले भने ।

उनले सांस्कृतिक र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य नेपाल भएको उल्लेख गरे। राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटनको उत्कृष्ट गन्तव्य ठमेलभित्र रहेका व्यापारिक र अन्य चुनौतीलाई चिर्नका लागि परिषद् लाग्नुपर्ने उनको भनाइ छ ।

ठमेल पर्यटन गुरुयोजना र व्यावसायिक आचारसंहिताले ठमेललाई सही ढङ्गले अगाडि बढाउन सहयोग पुग्ने अध्यक्ष दाहालले बताए ।

सफा सुरक्षित व्यवसायमैत्री ठमेल बनाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

खरिद ऐनले विकासमा बाधा पु¥याएकाले यसलाई संशोधन गर्ने काम भइरहेको अध्यक्ष दाहालले बताए । ठमेलमा सक्षम, योग्य र दुरदर्शी नेतृत्व चुन्न उनले परिषद्का सदस्यहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ११ : ३७ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको