ओलीले शपथ लिइनसक्दै मोदीले दिए बधाई « Khabarhub

ओलीले शपथ लिइनसक्दै मोदीले दिए बधाई


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ ग्रहण समारोह चलिरहेका बेला मोदीले सामाजिक सञ्जाल एक्सबाट ओलीलाई बधाई दिएका हुन् ।

मोदीले दुई देशबीचको मित्रतालाई थप बलियो बनाउन नजिकबाट काम गर्न आफू तयार रहेको बताएका छन्। ओलीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वास उनले व्यक्त गरेका छन्।

‘नेपालको प्रधानमन्त्रीको रुपमा तपाईंको नियुक्तिका लागि हार्दिक बधाई’, मोदीले भनेका छन्, ‘हाम्रा दुई देशबीचको मित्रताको गहिराईलाई अझ सुदृढ गर्न र हाम्रा जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न हामी नजिकबाट काम गर्न तत्पर छौँ।’

मोदीले बधाई दिएको आधा घण्टापछि मात्रै शीतल निवासमा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ११ : ५० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार