केपी ओलीले लिए प्रधानमन्त्री पदको शपथ « Khabarhub

केपी ओलीले लिए प्रधानमन्त्री पदको शपथ


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेकपा एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् ।

शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित छन् ।

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए ।

प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमालेबिचको यही असार १७ गते भएको सहमतिका ओली प्रधानमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ११ : ५८ बजे

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको