केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल « Khabarhub

केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनुपस्थित भएका छन् ।

फागुन १७ गते राति नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाएदेखि असन्तुष्ट उनी ओलीलाई बधाई दिन शीतल निवास नगएका हुन्।

ओलीले शपथ लिँदा पूर्वप्रधामन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलानाथ खनाल भने सहभागी थिए । त्यसैगरी अन्य पूर्वप्रधानमन्त्रीहरू पनि पुगेका थिए ।

ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई पनि पुगेका थिए ।

एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनदेखि नेपालको ओलीसँगको सम्बन्ध राम्रो छैन । गत फागुन २१ एमाले-माओवादी गठबन्धन बन्दा नेपाललाई फकाउन ओली कोटेश्वर गएका थिए ।

तर त्यसपछि नयाँ गठबन्धन भत्काएर नेपालले प्रधानमन्त्री बन्न चलखेल गरेको भन्दै ओली रुष्ट भएका थिए । यही असार १७ गते राति ठूला दलको मोर्चा बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र एकीकृत समाजवादी बेवास्ताम परेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि ओलीको सपथमा देखिएनन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १२ : ५६ बजे

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर