ओली क्याबिनेट : दोहोरिएका यी अनुहारलाई अर्को अवसर « Khabarhub

ओली क्याबिनेट : दोहोरिएका यी अनुहारलाई अर्को अवसर


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले सोमबार शीतलनिवासमा पद तथा गोपनियताको सपथ गराएका हुन् ।

ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी छन् ।

गत असार १७ गते बनेको कांग्रेस–एमाले नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा गरिएको थियो । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जनालाई सरकारमा पठाएको छ ।

२२ सदस्यीय मन्त्रिपरिषद्मा १० (प्रधानमन्त्रीबाहेक) अनुहार पुराना छन् भने ११ अनुहार नयाँ छन् ।

कांग्रेसका तर्फबाट पार्टीको नेतृत्व गरेका उपप्रधान तथा सहरीविकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखक यसअघि पनि मन्त्रिपरिषद्को अनुभव बटुलेका नेता हुन् ।

कांग्रेसका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएका दीपक खड्का पनि यसअघि नै मन्त्री बनिसकेका छन् । उनीसँग खानेपानी राज्यमन्त्रीको अनुभव छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालेका अजयकुमार चौरसिया पनि यसअघि मन्त्री भएका नेता हुन् । उनी २०५८ सालमा स्थाानीय विकास सहायकमन्त्री भइसकेका छन् ।

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाएका विष्णु पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि यसअघि नै एमालेबाट मन्त्री बनिसकेका थिए ।

एमालेले पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारमा समेत सहभागी रहेका दुई जनालाई ओली नेतृत्वको सरकारमा दोहो¥याएको छ । एमालेले दामोदर भण्डारी र बलराम अधिकारीलाई दोहोर्‍याएको हो ।

अधिकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भण्डारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जनता समाजवादी पार्टी (नेपाल) बाट चोइटिएको जनता समाजवादी पार्टी (जसपा)ले पनि प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा रहेका मन्त्रीलाई नै दोहोर्‍याएको छ । जसपाका तर्फबाट प्रदीप यादव खानेपानी मन्त्री भएका छन् ।

ओली नेतृत्वको सरकारमा सहभागी लोसपाका तर्फबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । उनी पटक–पटक मन्त्री बन्ने व्यक्तिमा पर्दछन् । उनले योसँगै २० औँ पटक मन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : १० बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या