ओली क्याबिनेट : दोहोरिएका यी अनुहारलाई अर्को अवसर « Khabarhub

ओली क्याबिनेट : दोहोरिएका यी अनुहारलाई अर्को अवसर


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले सोमबार शीतलनिवासमा पद तथा गोपनियताको सपथ गराएका हुन् ।

ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी छन् ।

गत असार १७ गते बनेको कांग्रेस–एमाले नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा गरिएको थियो । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जनालाई सरकारमा पठाएको छ ।

२२ सदस्यीय मन्त्रिपरिषद्मा १० (प्रधानमन्त्रीबाहेक) अनुहार पुराना छन् भने ११ अनुहार नयाँ छन् ।

कांग्रेसका तर्फबाट पार्टीको नेतृत्व गरेका उपप्रधान तथा सहरीविकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखक यसअघि पनि मन्त्रिपरिषद्को अनुभव बटुलेका नेता हुन् ।

कांग्रेसका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएका दीपक खड्का पनि यसअघि नै मन्त्री बनिसकेका छन् । उनीसँग खानेपानी राज्यमन्त्रीको अनुभव छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालेका अजयकुमार चौरसिया पनि यसअघि मन्त्री भएका नेता हुन् । उनी २०५८ सालमा स्थाानीय विकास सहायकमन्त्री भइसकेका छन् ।

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाएका विष्णु पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि यसअघि नै एमालेबाट मन्त्री बनिसकेका थिए ।

एमालेले पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारमा समेत सहभागी रहेका दुई जनालाई ओली नेतृत्वको सरकारमा दोहो¥याएको छ । एमालेले दामोदर भण्डारी र बलराम अधिकारीलाई दोहोर्‍याएको हो ।

अधिकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भण्डारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जनता समाजवादी पार्टी (नेपाल) बाट चोइटिएको जनता समाजवादी पार्टी (जसपा)ले पनि प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा रहेका मन्त्रीलाई नै दोहोर्‍याएको छ । जसपाका तर्फबाट प्रदीप यादव खानेपानी मन्त्री भएका छन् ।

ओली नेतृत्वको सरकारमा सहभागी लोसपाका तर्फबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । उनी पटक–पटक मन्त्री बन्ने व्यक्तिमा पर्दछन् । उनले योसँगै २० औँ पटक मन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : १० बजे

बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

जानकी– आसन्न प्रतिनिधिसभा सदस्यको  निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्वतयारीका

गुडिरहेको गाडीबाट सडकमा पछारिए बालेन समर्थक, पाँचजना घाइते

बाँके- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहका

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, पहिलाकै प्याकेज यथावत्

काठमाडौं– नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको विन्टर अफर लयाएको छ ।

चुनाव प्रचारमा बालबालिका : हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं- धरान उपमहानगरपालिकाका निर्वतमान मेयर एवम् सुनसरी क्षेत्र नम्बर १

यूक्रेन-अमेरिका-रूस त्रिपक्षीय वार्ता, शान्ति प्रक्रियामा आशा बढ्यो

वासिङ्टन– यूक्रेन, अमेरिका र रूसबीच भएको त्रिपक्षीय वार्ताले रूस–यूक्रेन युद्ध