हत्या गर्ने अभिप्रायले आक्रमण गरिएको थियो : पूर्वराष्ट्रपति ट्रम्प « Khabarhub

हत्या गर्ने अभिप्रायले आक्रमण गरिएको थियो : पूर्वराष्ट्रपति ट्रम्प


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’ सँगको कुराकानीमा शनिबारको आक्रमणमा आफू मृत्युको मुखबाट उम्केको बताएका छन् । 

 ट्रम्पले आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रशंसा गर्दै भने, ‘सायद, म यहाँ हुने थिइन, म मरेको हुन्थेँ होला ।’ 

शनिबार एक चुनावी र्‍यालीमा सहभागी हुने क्रममा बन्दुकधारीले प्रहार गरेको गोलीले ७८ वर्षीय ट्रम्पको कानमा लछार्दै गएको थियो । आक्रमणबाट उनको अनुहार रगताम्य भएको, एक जना पैदलयात्रीको मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए ।

ट्रम्पले र्‍यालीलाई सम्बोधन गर्ने क्रममा अवैध आप्रवासीसम्बन्धी चार्ट पढ्नका लागि आफ्नो टाउको दायाँतिर नझुकेको भए आफ्नो मृत्यु हुने बताएका थिए । 

उनले भने, ‘घटनापछि धेरैले भनिरहेका छन् कि ‘भाग्यले वा भगवानको कृपाले म अझै पनि जीवित छु ।’

गोली प्रहार गर्ने आक्रमणकारीलाई तत्काल ‘सफाया’ गरेकामा उनले गुप्तचर सेवाका एजेन्टको प्रशंसा गरे। 

उनले भने, ‘उनीहरूले आक्रमणकारीलाई आँखाको बीचमा एउटा गोली प्रहार गरी आफूलाई भीडबाट बाहिर निकालिएको बताइएको छ ।’ ‘उनीहरूले उत्कृष्ट काम गरे,’ ट्रम्पले  भने, ‘यो हामी सबैका लागि अवास्तविक छ ।’

ट्रम्पलाई गोली हान्ने २० वर्षे युवाको तथ्य पत्ता लगाउँदै एफबिआई

ट्रम्पमाथि गोली प्रहारपछि वाइडेनको सम्बोधन : राजनीतिक शक्तिबीच तनाव आवश्यक छैन

ट्रम्पको हत्या प्रयासपछि क्रेमलिनद्वारा राजनीतिक हिंसाको निन्दा

२० वर्षीय युवकले हानेका थिए चुनावी र्‍यालीमा ट्रम्पलाई गोली

गोली लागेका ट्रम्पले भने– ‘गड ब्लेस अमेरिका’

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १ : ३० बजे

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति