जनमत भन्छ- हाम्रो प्राथमिकतामा केन्द्र सरकार थिएन, मधेसमा राम्रो काम गर्छौं  « Khabarhub

जनमत भन्छ- हाम्रो प्राथमिकतामा केन्द्र सरकार थिएन, मधेसमा राम्रो काम गर्छौं 


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मधेस प्रदेश सरकारमा नेतृत्व गरिरहेको सीके राउतको पार्टी जनमत केन्द्र सरकारमा नआएपनि समर्थन कायमै रहेको बताएको छ । 

केन्द्र सरकारको मन्त्रिमण्डलमा जनमतले आफ्नो मन्त्री नपठाएपछि जनमतले नयाँ सरकारलाई समर्थन नगरेको हो कि भन्ने विषयमा धेरैको दुबिधा थियो। तर जनमत प्रवक्ता सरद सिंह यादवले आफूहरूले मधेश सरकारमा नै नेतृत्व गर्ने भएकाले केन्द्र सरकारको कुनै पनि भूमिकामा मन्त्रालयमा नलिएको दाबी गरे ।

उनले खबरहरूलाई भने, ‘हामी प्रदेश सरकारमा परिणाम आउने गरी काम गर्छौं ।  नयाँ सरकारमा हामी पहिले कांग्रेस एमाले रहँदादेखि नै सहभागी छौँ। सरकारको मन्त्रिमण्डलमा सहभागी हुन हामीलाई कुनै इच्छा थिएन । वर्तमान गठबन्धनलाई हाम्रो  पूरा समर्थन छ, हामी वर्तमान गठबन्धनको विश्वासिलो दल समेत हो।’

यता पार्टी अध्यक्ष सीके राउत पनि आफूहरूले मधेस सरकारमा नै बेथिति र विसंगतिविरुद्ध परिणाम आउने किसिमको काम गर्ने दाबी गर्छन्।

उनले खबरहरूलाई भने, ‘हामी मधेसमा सबैभन्दा राम्रो काम गरेर देखाउनेछौँ। यसका लागि हामीलाई नयाँ गठबन्धनले साथ र विश्वास दिनुभएको छ। हामी पूराका पूरा जिम्मेवारी पूरा गरेर काम गर्छौं।’

मधेस प्रदेश सरकारमा जनमतका तर्फबाट सतिश कुमार सिंह मुख्यमन्त्रीमा छन्।

बाँकी कार्यकाल उनीले नै मुख्यमन्त्री चलाउने हो भन्ने प्रश्नमा राउतले भने अहिलेसम्म त्यस्तो कुनै साझेदारी नभएको दाबी गरे।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १ : ५३ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको