स्वास्थ्यमन्त्रीको घोषणा – एक महिनाभित्र सरकारी अस्पतालमा लाइन बस्नु पर्दैन « Khabarhub

स्वास्थ्यमन्त्रीको घोषणा – एक महिनाभित्र सरकारी अस्पतालमा लाइन बस्नु पर्दैन

पहिलो निर्णय - राष्ट्रिय क्यासर रोग निवारण रणनीति स्वीकृत


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहणका क्रममा राष्ट्रिय क्यासर रोग निवारण रणनीति स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् ।

सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रोग निवारणका लागि रणनीति स्वीकृत गरेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट पदमा प्रतिनिधिसभामा निर्वाचिन पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनले स्वास्थ्य क्षेत्रको राजनीतिक र सैद्धान्तिक पक्षबारेमा प्रशस्त जानकारी नभएको हुन सक्ने बताउँदै काम गरिरहेका, काम गरिसकेका र विज्ञहरुसँग मिलेर तात्कालीन कार्यक्रम र दीर्घकालीन कार्यक्रम बनाइने बताए ।

पौडेलले एक हप्ताभित्र तत्काल के गर्ने र दीर्घकालमा के गर्ने भन्ने खाका ल्याउने बताए । एक महिना, तीन महिना, छ महिना र एक वर्षभित्र गर्ने कामको वर्गीकरण गरिने उनले बताए ।

पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा लाइन लाग्ने अवस्थामा सुधार गर्ने पनि बताएका छन्। उनले कुराभन्दा काम गर्न आफू आएको बताए।

‘एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने अवस्था बनाउनेछौँ’, उनले भने, ‘व्यवस्थित स्वास्थ्य सुविधा अघि बढाउनेछौँ । धेरै ठूला काम कति गर्न सक्छौँ थाहा छैन तर सान-साना कुरा अघि बढाउँछौँ ।’

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : २४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा