अर्थमन्त्रीले भने- सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेको छु « Khabarhub

अर्थमन्त्रीले भने- सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेको छु

सार्वजनिक (विकास) वित्तका नयाँ विकल्प खोज्न समिति बनाउने पहिलो निर्णय


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर सन्तुलित ढंगले अगाडि बढाउने बताएका छन् ।

सोमबार उपप्रधानसहित अर्थमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा सिंहदरबारमा पौडेलले यस्तो बताएका हुन् ।

पौडेल अर्थमन्त्री हुने चर्चाबीच पछिल्ला दिन सेयर बजार बढिरहेको छ । यस्तोमा उनले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर अघि बढ्ने बताएका हुन् ।

उनले सरकारको कार्यक्रम लागू गर्ने क्रममा बजेट बाधक नबन्ने पनि बताएका छन् । पौडेलले निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी सरकारले आफ्ना काम अघि बढाउने पनि बताए ।

यसैबीच पौडेलले सार्वजनिक (विकास) वित्तका नयाँ विकल्प खोज्नका लागि अध्ययन गर्न समिति नै बनाउने पहिलो निर्णय गरेका छन् ।

‘अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू छन्, सबैसँग सहकार्य गरेर समाधान गर्नुपर्छ,’ पौडेलले भने, ‘अर्थतन्त्रका समस्या समाधान गर्न सरकार अभिभावकका रुपमा अघि बढ्छ। त्यसैले मैले विकास र वित्तका नयाँ विकल्प खोज्न अध्ययन समिति बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेको छु ।’

पौडेल यससहित ८ पटक मन्त्री भइसकेका छन् । उनी पाँचौँ पटक अर्थ मन्त्री बनेका हुन् ।

उनी पहिलो पटक २०७२ कात्तिक, दोस्रो पटक २०७७ असोज, तेस्रो पटक २०७८ जेठ र चौथो पटक २०७९ पुसमा अर्थमन्त्री भएका थिए ।

 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ३ : ०६ बजे

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६