टिकट काउन्टर नहटाउन महानगरलाई यातायात मजदुर संगठनको आग्रह  « Khabarhub

टिकट काउन्टर नहटाउन महानगरलाई यातायात मजदुर संगठनको आग्रह 


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं चक्रपथ आसपासका टिकट काउन्टर तत्काल नहटाउन काठमाडौं महानगरलाई यातायात मजदुर संगठनहरुले आग्रह गरेका छन् । 

साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै यातायात व्यवसायीलाई आतङ्कित बनाइएकोले सो कार्य नगर्न नेपाल यातायात मजदुर संघ, अखिल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संघले महानगरलाई साे आग्रह गरेका हुन् । 

एकांकी र निरङ्कुश शैलीले समस्याको समाधान नहुने भन्दै सरोकारवालाहरुसंगको छलफल र सहकार्यमा मात्रै अघि बढ्न महानगरलाई मजदुर नेताहरूको आग्रह छ । 

सोमबार तीनवटै संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि बसपार्क बाहिरका टिकट काउन्टर हटाइने निर्णयलाई रोक्दै महानगरको नेतृत्वमा बनेको कार्यदलको तत्काल बैठक राखेर समस्याको हल खोज्न महानगरलाई अपिल गरिएको छ । 

    

 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ३ : ०१ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड