तीन वर्षपछि सिंहदरबार फर्किए ओली, यसरी गरियो स्वागत (तस्बिरहरू) « Khabarhub

तीन वर्षपछि सिंहदरबार फर्किए ओली, यसरी गरियो स्वागत (तस्बिरहरू)



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि देशको कार्यकारी पद सम्हालेका छन् । उनले तेस्रो पटक देशको कार्यकारी पदको कुर्सी सम्हालेका हुन् ।

सोमबार राष्ट्रपति निवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ लिएसँगै सहिदहरूलाई श्रद्धाञ्जली दिइसकेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई त्यहाँ कर्मचारीहरूले स्वागत गरे । पदभार ग्रहणअघि ओली लैनचौरस्थित सहिद स्मारक पुगे । उनले सहिदहरूको शालिकमा माल्यार्पण गरे । त्यसअघि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका थिए ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएसँगै उनी असार २८ गते पदमुक्त भएका थिए । प्रचण्ड पदमुक्त भएसँगै कांग्रेससहितको समर्थनमा ओली प्रधानमन्त्रीमा नियुक्त भए ।

 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ४ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको